फ्रेन्डस क्‍लबसँग थ्रीस्टार पराजित

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल अन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टारलाई पराजित गरेको छ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्डसले थ्रीस्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्डसको विदेशी खेलाडी वांगर डे कार्नोले १३ औं मिनेटमा गोल गर्दै जित दिलाएका हुन् ।

जितसँगै फ्रेन्ड्स ६ खेलमा १ जित ३ हार र २ बराबरीसहित ५ अंक भएको फ्रेन्ड्स ११औँ स्थानमा छ। पराजयपछि थ्रीस्टार क्लब भने ६ खेलबाट १० अंकसहित लिगको चौथो स्थानमा छ ।