
उपाधि होडमा रहेको ललितपुरे थ्रीस्टार क्लबलाई नमीठो धक्का लागेको छ । जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको खेलमा फ्रेन्डस क्लबसंग पराजित भएपछि थ्रीस्टारलाई उपाधि होडमा धक्का लागेको हो ।
छैटौं चरणको खेलमा थ्रिस्टारमाथि १-० को नतिजा निकाल्दै फ्रेन्डसले लिगमा पहिलो जित दर्ता गरेको थियो । फ्रेन्डसको जितमा विदेशी खेलाडी वागनर डि कार्मोले निर्णायक गोल गरेका हुन् । ।
फ्रेन्डसले १३ औं मिनेटमा अग्रता लिएको थियो । डि कार्मोले फ्रिकिकमा हेड गोलगरेपछि फ्रेन्डसले अग्रता लिएको थियो । गोल खाएपछि थ्रिस्टारले बाँकी समय आक्रामक खेले पनि गोल गर्न नसक्दा लिगमा दोस्रो हार बेहोरेको हो ।
जितसँगै फ्रेन्डसले लिगमा ५ अंक जोडेको छ । यसअघि फ्रेन्डसले ३ खेलमा हार र २ खेलमा बराबरी खेलेको थियो । पराजित थ्रिस्टारले यसअघिका ३ खेलमा जित र १ मा बराबरी र १ खेलमा हार बेहोरेको थियो ।










