
स्पेनिश सुपर कप फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । आइतबार राति एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियालले सुपर कपको उपाधि उचालेको हो ।
रियाल पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले विजयी भयो । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।
अतिरिक्त समयमा भने रियाल १० खेलाडीमा सिमिति बनेको थियो । फेडरिको भल्भर्डे रातो कार्ड खादै मैदान बाहिरिएका थिए । रियालले ११ औ पटक यो उपाधि उचालेको हो ।




