खेलकुद

टेनिसमा डबल्स पुरुषतर्फ जापानी र महिलातर्फ चीनियालाई उपाधि

अन्तर्राष्ट्रिय टेनिस महासंघ(आईटिएफ)मको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालामा आयोजित यु–१८ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधी जापानका जेनी इनोई र केइजु मियाकेको जोडीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इनताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै जापानीज जोडीले उपाधी रक्षा गरेका हुन् । महिला डबल्सतर्फ चीनकी लि यु लियु र इतोङ्ग झाङको जोडीले उपाधि उचाल्यो । चीनकै जुछुआन… पुरा पढौ

प्रदेशस्तरीय छनोट, हाईजम्पमा कास्कीलाई महिला तथा पुरुष इभेण्टमा स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरी छनोट प्रतियोगिताको पहिलो दिन शुक्रबार एथलेटिक्स तर्फ महिला तथा पुरुष हाईजम्पमा कास्कीले स्वर्ण पदक जितेको छ । शुक्रबारदेखि शुरु भएको छनोट प्रतियोगितामा एथलेटिक्सको पुरुष हाईजम्प तर्फको प्रतिस्पर्धामा भने कास्कीका सागर नेपालीले स्वर्ण पदक जिते । उनले १.६५ मिटर जम्प गर्दै स्वर्ण पदक जित्दा लमजुङका आदित्य थापामगरले १.६३ मिटर उफ्रिदैं रजत पदक र नवलपुरका समीर महतोले १.५६ मिटर जम्प गरेर कास्य पदक जिते ।… पुरा पढौ

प्रदेशस्तरीय छनोटको पहिलो स्वर्ण बाग्लुङका धावक शेरचनलाई

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरी छनोट अन्तर्गत बाग्लुङले पहिलो स्वर्ण आफनो नाममा लेखाएको छ । शुक्रबारदेखि शुरु भएको छनोट प्रतियोगितामा एथलेटिक्स १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले ३५ मिनेट २०.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । पर्वतका प्रकाश कुँवर दोस्रो र तनहुँका सुरेन्द्र चापागाई तेस्रो स्थानमा रहे । उनीहरुले क्रमश ३५ मिनेट ४९ सेकेण्ड र ३६ मिनेट ४ सेकेण्डको समय लगाएका थिए । महिला तर्फको १० किलोमिटर… पुरा पढौ

गण्डकी प्रदेश गिरिजाप्रसाद कोईराला स्मृति हक्की लिग च्याम्पियन

प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । झापामा आयोजित प्रतियोगितामा आर्मी विरुद्ध फाईनलमा उत्रिएको गण्डकी प्रदेशले १-० गोल अन्तरले पराजित गदैै उपाधि जितेको हो । गण्डकीका श्रवण कुमारले गरेको गोल निर्णायक बनेपछि प्रदेशले पहिलो पटक उपाधि आफनो नाममा लेखाएको हो । आर्मी भने उपविजेतामै चित्त बुझायो । तेस्रो स्थानमा भने प्रदेश नं ७ रहेको छ । प्रदेश नं ७ लाई पेनाल्टी… पुरा पढौ

दिदीबहिनी कप भलिबल उपाधि एपीएफलाई

दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । बुधबारको उपाधि भिड्न्तमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले होङगान्जी न्युडायमण्डलाई २५–१८,२६–२४,२१–२५ र २५–२१ को जित निकाल्यो । एपीएफका कोच ज्ञानेन्द्र बिष्टले स्पाईकर र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेका कारण सफल भएको बताए । बिष्टले तेश्रो सेट रिसिभ कमजोर भएका करण गुमाउनु परेको प्रितिक्रिया दिए । एपीएफले यो सिजनमा खेलेका १० प्रतियोगिता मध्य ९ पटक उपाधि जितेको छ भने एभिएलमा चितवर्न… पुरा पढौ

अन्तर लायन्स फुटबल फागुन २ बाट

यही फागुन २ देखि ४ गतेसम्म पोखरामा अन्तर लायन्स एट ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा लायन्स डिस्ट्रिक ३२५ बि १ अन्तर्गतका लायन्स क्लबबीच दोस्रो संस्करणको फुटबल प्रतियोगिता हुन लागेको डाउन टाउनका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । लायन्स क्लबका सदस्यबीच आपसी भाइचारा, सद्भाव र मित्रता कायम गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा यस वर्ष डिस्ट्रिक बाहेका क्लबलाई पनिसहभागी गराउने प्रयास गरिएको… पुरा पढौ

आठौं खेलकुदका प्रदेश स्तरीय छनोट फागुन ३ बाट

आठौं राष्ट्रिय खेलकुदका लागि फागुन ३ गतेबाट गण्डकी प्रदेश स्तरीय छनोट सुरु हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । पोखरा रंगशालामा फागुन ४ गते औपचारिक उद्घाटन गरी सुरु हुने छनोट प्रतियोगिताका लागि जिल्लालाई समेत तोकिएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जनाएका छन् । प्रतियोगिताका लागि म्याग्दी, बागलुङ, कास्की, नवलपुर, तनहुँ र चितवनमा समेत छनोट गर्ने गरी खेल तालिका र स्थान क्षेत्रीय खेलकुद विकास समितिले सार्वजनिक गरिसकेको… पुरा पढौ

नेपालको भारतविरुद्ध ऐतिहासिक जित

नेपाली महिला फुटबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत नेपाली टोलीले भारतलाई २१ले हराउँदै ऐतिहासिक जित हासिल गरेको हो।  कलिंगा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालका सावित्रा भण्डारीको दुई गोलमा विजयी भएको हो । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालको पहिलो जित हो ।  इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ… पुरा पढौ

पोखरामा आजदेखि साईक्लिङ रेस–४ शुरु

पोखरालाई साईक्लिङ स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्ने उद्देश्यसहित आजदेखि पोखरा साईक्लिङ रेस आइभी(फोर्थ)को दोस्रो संस्करण शुरु भएको छ । स्वदेशी र विदेशी गरी ३६ जना साईक्लिष्टहरुले सहभागिता जनाएका छन् । कास्की जिल्ला साईक्लिङ संघको आयोजनामा आयोजित रेसमा विभिन्न चारवटा फरक फरक ठाँउमा प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्ने छन् । संघका अध्यक्ष शंकर भण्डारीले दोस्रो सस्करणमा साईक्लिष्टहरुको सम्भावित दुर्घटना न्युनिकरणको लागि २० लाख रुपैयाँ बराबरको विमा गरिएको बताए । ‘रेस अवधि चारदिनसम्म… पुरा पढौ

पाष्कलमाथि प्रतिभाको जित

रोशन न्यौपानेको घातक बलिङ गरेपछि प्रतिभाले पाष्कल एकेडेमीले दिएको लक्ष्य १८ ओभरमै पुरा गर्दै ४ विकेटको जित निकालेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार पाष्कललाई सस्तैमा समेट्ने क्रममाा न्यौपानले ४ ओभरमा केवल ८ रन दिएर ३ विकेट लिएपछि ८६ रनमा अलआउट भएको थियो । १९ ओभर २ बल खेल्ने क्रममा पाष्कल व्याटिङ ध्वस्त पार्ने क्रममा उदय थापाले पनि ३.२ ओभरमा १३ रन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं