गण्डकी प्रदेश गिरिजाप्रसाद कोईराला स्मृति हक्की लिग च्याम्पियन

प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

झापामा आयोजित प्रतियोगितामा आर्मी विरुद्ध फाईनलमा उत्रिएको गण्डकी प्रदेशले १-० गोल अन्तरले पराजित गदैै उपाधि जितेको हो । गण्डकीका श्रवण कुमारले गरेको गोल निर्णायक बनेपछि प्रदेशले पहिलो पटक उपाधि आफनो नाममा लेखाएको हो । आर्मी भने उपविजेतामै चित्त बुझायो । तेस्रो स्थानमा भने प्रदेश नं ७ रहेको छ ।

प्रदेश नं ७ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै गण्डकी प्रदेश फाईनलमा पुगेको हो । २०६५ साल भएको प्रतिस्पर्धा तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय टिमको रुपमा सुदुरपश्चिमसँग(हालको प्रदेश नं ७)सँग पराजित हुदै उपविजेता बनेको थियो । झण्डै दशवर्षपछि पुरुष हकी प्रतियोगितामा गण्डकी प्रदेशले हारको श्रृंखला तोड्दै गण्डकी प्रदेशले उपाधि उचाल्यो ।

प्रदेश शभा सदस्य माननिय ओम प्रकाश सरवागी, झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठ, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी तथा पूर्व हक्की खेलाडी अमरसिंह साह, हक्की संघका केन्द्रीय अध्यक्ष श्री उमेश लाल श्रेष्ठ, सचिव रञ्जन थापा, भद्रपुर नगरपालिका वार्ड न ८ का वडा अध्यक्ष श्री मनोज लिम्बु, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदाश मैनाली, विभिन्न खेलको प्रशिक्षक, विभिन्न खेलकुद संघका पदाधीकारी लगायतले विजेता खेलाडीहरुलाई नगदसहित ट्रफी प्रदान गरेका थिए ।

विजेता गण्डकी प्रदेशले २० हजार नगद प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले १५ हजार र तेस्रो स्थानमा रहेको प्रदेश नं ७ ले नगद ५ हजार रुपैयाँ प्राप्त गर्यो ।

www.kheladinews.com