समाज

५ वर्षका सँग मुखमैथुन गर्ने पक्राउ

कास्की प्रहरीले अप्राकृतिक रुपमा मुखमैथुन गराउनेलाई पक्राउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसमा अप्राकृतिक रुपमा मुखमैथुन गराउने एकजना पक्राउ गरेको । स्थानीय ४३ बर्षका बैकुण्ठ भण्डारीलाई अप्राकृतिक मुखमैथुन गराएको आरोपमा प्रहरीले पक्राउ गरिएको हो । उनले पसलमा आएका ५ बर्षका बालकलाई मिठाई दिएर ललाई फकाई गरी मुख मैथुन गराएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

एकल पुरुषलाई पनि भत्ता

झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक ५ सय का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए । ‘एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ’, उनले भने, ‘असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौं ।’ गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु… पुरा पढौ

चर्चित पत्रकार रवि लामिछानेको डिभोर्स

मान्छे दुनियाँसङ लड्न सक्छ तर आफन्त सङ सक्दैन : रबि चर्चित सञ्चारकर्मी रबि लामिछानेको बैवाहिक जीवन टुङगिएको छ । उनले केही दिन अघि मात्र पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध डिभोर्समा टुङगाएका हुन् । रबिसंग डिभोर्सपछि ईशा एक हप्ता अगाडी नै अमेरिका फर्किसकेकीछिन् । सबैको घर मिलाएका , सबैको परिवार जोडेका रबिले आखिर किन ईशासंग डिभोर्स लिए त सबैको चासो हुनु स्वभाविक हो । उनले सामाजिक सञ्जालमाफर्त यसबारेमा लेख्दै… पुरा पढौ

श्रीमती र बाबुआमा पनि पुगेका थिए रेशमको सपथमा

निर्वाचित भएको १३ महिनापछि सांसदको शपथ खाएर डिल्लीबजार जेल फर्किएका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्ना पति छिट्टै घर फर्किने विश्वास व्यक्त गरेकी छन् । रेशमको शपथका लागि सिंहदरबार पुगेकी रञ्जिताले रेशम छिट्टै घर फर्किने विश्वास परिवारले लिएको बताएकी हुन् । ‘निर्वाचित भएको एक वर्षसम्म शपथ भएको थिएन । शथप लिएर उहाँ जेल गएपनि केही दिनमा घर आउनुहुन्छ भन्ने आशा गरेकी छु,’ संसद्… पुरा पढौ

मुस्ताङेका हिउँद र फुर्सदिला दिन

वर्षायामभरी मेहनतका साथ आफ्नो घरायसी काम धन्दा सकेर हिउदयामका उराठिला ४ महिना मुस्ताङबासीका लागि फुर्सदिलो समयको रुपमा लिईन्छ ।यही,समयको सदुपयोग गर्दे कतिपय मुस्ताङीजिल्लामै घाम ताप्ने,जंगल पुगेर दाउराको जोहो गर्ने,स्याउबारीको कटिङ र हेरचाह गर्ने आदी काम गर्छन् भने, कतिनपय जिल्लानै रित्तो हुनेगरी बेशीतर्फ ओरोलो लागि सकेका छन् । मुस्ताङ जिल्ला हिमालपारीको छत्रछायामा अवस्थित प्राकृतिक दृष्यहरुले भरिभराउ भएको जिल्ला हो ।हिमाल ,मिनी तालतलैया ,मनोरम हरियाली बिनाको सुख्खा डाडाकाढाँ,स्याउ तथा फापर लगायतका खेति… पुरा पढौ

काम गर्ने दिन घट्दै, बिदा थपिँदै

सार्वजनिक बिदा पुनरावलोकन समितिले सरकारसमक्ष १३ दिन बिदा थप्न प्रस्ताव गरेको छ । समितिले ८ पर्वका लागि थप १३ दिन बिदा दिने प्रस्ताव गरेको हो ।  २०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत् राख्दै आगामी वर्षबाट मान्य हुनेगरी थप पर्व बिदा दिन समितिले सिफरिस गरेको हो । पछिल्लो समय पर्व बिदा कटौती गरेकोमा सरकारले आलोचना खेप्दै आएको छ । आदिवासी जनजाति महासंघको मागअनुसार किराँत समुदायको उभौली र उधौलीमा गरी (वैशाख… पुरा पढौ

हरेक महिनाको कमाइमा बाबुआमालाई हिस्सा

सन्तानको कमाइको निश्चित प्रतिशत अब बाबुआमाको खातामा बचत हुने भएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अब स्वरोजगार वा कुनै पनि रोजागारी गरेको सन्तानले आफ्नो बाबुआमाको लागि बैंकमा खाता खोलेर हरेक महिना रकम जम्मा गर्नुपर्ने बताए ।  मन्त्रिपरिषद्ले ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस भएको बताउँदै उनले उक्त विधेयक पास भएपछि प्रत्येक सन्तानले आफ्नो… पुरा पढौ

आमाको किरिया गर्दै २ छोरी

छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेका छ । छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन् । आमा विकको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही… पुरा पढौ

नयाँ वर्ष समारोहमा गोली चल्दा छ जनाको मृत्यु

थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली लागेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यमाथि निरन्तर रुपमा गोली वर्र्र्षाएका थिए ।… पुरा पढौ

महिलालाई नयाँ संविधानबारे प्रशिक्षण

नयाँ शासन व्यवस्था, नयाँ संविधान, नयाँ जनप्रतिनिधि सँगसँगै नेपालीले नयाँपन अनुभव गरिरहेका छन् । राज्य प्रणालीमा परिवर्तन आए पनि कानुनको अज्ञानता क्षम्य हुँदैन । संविधान र यसकै मर्मअनुसार बन्ने कानुनबारे नागरिक सचेत भएमात्र राज्यमा न्याय सुनिश्चित हुन्छ । यसरी नै नयाँ संविधानबारे महिलालाई सचेत बनाउन सोमबार शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) गण्डकी प्रदेशले गोष्ठी आयोजना ग¥यो । गोष्ठीका सहभागीले मुलुकी देवानी तथा फौजदारी संहिता ऐनको विषयमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं