समाज

सहकारीले दिन्छ सुत्केरीलाई १ किलो घ्यू

रुपन्देहीमा रहेको एउटा सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरीको भए एक किलो घ्यू र रु २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएकोे छ । तीन वर्षदेखि लागू भएको कार्यक्रम दुई बच्चा हुँदा मात्रै लागू हुने जनाइएको छ । यस क्षेत्रमा घ्यूको बजार मूल्य प्रतिकिलो रु एक हजार २०० रहेको… पुरा पढौ

मेरो नेपाल युवा क्लबमा दिवस कुँवर

पोखरा १४ स्थित मेरो नेपाल युवा क्लबको अध्यक्षमा दिवस कुँवर निर्वाचित भएका छन् । क्लबको शनिबार भएको १० औं अधिवेशनबाट कुँवरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमित सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा एकेन्द्र कुँवर, सचिव कमलराज ढुंगाना, कोषाध्यक्ष विकास कार्की र सहसचिवमा किसान गुरुङ चयन भए । सदस्यमा भरतबहादुर भण्डारी, अशोक खाती, महेन्द्र कुँवर, सुमन कार्की, अमृत कार्की, सविना क्षेत्री, निशान कार्की र तनुजा सिके छन् । नवनिर्वाचित अध्यक्ष कुँवरले समाजले… पुरा पढौ

जोमसोमका ३ स्थानमा फोहोर संकलनकेन्द्र

मुस्ताङ सदरमुकाम जोमसोममा शनिवारदेखि फोहोर संकलनकेन्द्र सुरु भएको छ ।सदरमुकाम जोमसोम संग जोडिएको घरपझोङ गाउपालिकाको आर्थिक वर्ष ०७४÷०७५ को बिनियोजित ९ लाख बजेट मार्फत जोमसोमक्षेत्रका ३ स्थानमा फोहोर संकलनकेन्द्र भवन निर्माण गरिएको हो । गाउपालिकाले निर्माण गरेको ३ वटा फोहोर संकलनकेन्द्र भवनहरुमा ३–३ वटा कोठा छन्् ।जसमा सिसा जन्य पदार्थ ,धातु र प्लाष्टिक जन्य पदार्थ र सजिलै जल्न सक्ने अन्य फोहोरहरुको अलग÷अलग व्यवस्था गरिएको हो ।फोहोर संकलनकेन्द्रको सुरुवातपछि जोमसोमका स्थानीयवासी,बिभिन्न… पुरा पढौ

हिउदयामको सास्ती’ उच्चलेंकका याकचौरी बेसी झारियो

मुस्ताङको थासाङ गाउपालिका वडा नम्बर १ टुकुचेका स्थानीय याक पालक व्यवसायी धनबहादुर गुरुङको २०७१ सालको हिम पहिरोले ५५ याक मध्ये २४ याक मरे ।हिमपहिरो जाने सिजनमा बेशी झार्न ढिलाई हुदा उनको याक हिमपहिरोले पुरिएको हो । हिउदयामको समयमा उच्चलेंकखर्कमा पालन गरिएका याक तथा चौरीको बथानलाई भारी हिमपातले दुख दिने गर्छ ।तर गएका ४ वर्ष यता मुस्ताङमा हिमपहिरो गएको छैन ।लेंकका डाडाकाढामा अत्यधिक हावारीहुरी चल्ने र हिमपात हुने गर्दा हिमपहिरोको संम्भावन… पुरा पढौ

रामबहादुर बम्जन प्रहरी निगरानीमा

पुष १४ – ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो । मन्त्रालय स्रोतका अनुसार उनले ब्यक्ति बेपत्ता बनाएको समाचार आएपछि चासो ब्यक्त गर्दै उनका आश्रम रहेका जिल्लाका प्रजिअलाई गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो ।मकवानपुरमा उनीविरुद्ध ३० बर्षीया फुलमाया रुम्बा र ५१ बर्षीय… पुरा पढौ

१२५ क्षमताको कारागारमा ३१५ कैदी–बन्दी

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १ सय २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए । जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ मा १०७ पुरुष तथा ‘सी ब्लक’मा १८ महिला कैदीबन्दी राखिएको छ । दुई सय ९७ पुरुष र १८ महिला गरी कूल ३१५ जनाको क्षमता रहेको… पुरा पढौ

प्रदेशलाई निजी क्षेत्र र नागरिक मैत्री बनाऊ’

प्रदेश सरकारले प्रदेशको प्रादेशिक संरचना निर्माण गर्दा सुशासन, जनताको सहज पहुँच तथा पारदर्शितालाई ध्यानमा दिनु पर्नेमा सरोकार वालाले जोड दिएका छन् । उनीहरुले लगानी मैत्री वातावरण निर्माण, निजी क्षेत्रलाई विशेष सहुलियत र एकद्वार प्रणालीमार्फत जनसरोकारका विषय सम्वोधन हुनुपर्ने पनि सुझाएका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशको प्रादेशिक संरचना तयार पार्न बिहीबार आयोजना गरिएको अन्तरक्रियामा पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष दामु अधिकारीले सुशासन र निजी क्षेत्र… पुरा पढौ

पहारी कुल संरक्षण समिति अध्यक्षमा गोविन्दराज

पहारी कुल संरक्षण समिति कास्कीमा गोविन्दराज पहारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति सर्वसम्मत चुनिएको छ । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश दुर्गादेवी पहारी, जगतबहादुर पहारी, पर्शुराम पहारी र नारायण पहारी छन् । समितिका सदस्यमा ज्ञानेन्द्रप्रसाद, बासुदेव, बाबुराम, चित्रबहादुर, खेमबहादुर, गोविन्दबहादुर, टेक, महेश्वर, केशव, लोकराज, हरिकृष्ण, हेमा, सीता र पुष्पा घले पहारी छन् । सल्लाहकारमा प्रेमराज पहारी, रामराज, डा भरतराज, गुरुदत्त, नारायण, वेदराज, हरिकला र अनुषा पहारी छन् ।… पुरा पढौ

हिमपात र चिसोबाट जोगिन अनुरोध

मौसम परिवर्तनसंगै हिउदयाममा हुने उच्च हिमपात,हावाहुरी र चिसोबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले आईतबार एक बिज्ञप्ती प्रकाशित गर्दै स्थानीयलाई सचेत गराएको छ । निमिक्त प्रमुख जिल्ला अधिकारी विशेधर रेग्मीद्धारा हस्ताक्षरित जारी बिज्ञप्तीमा हिउदयाममा हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा हुने उच्च हिमपात र चिसो कारण जनजीवन कष्टकर हुने,हावाहुरीका कारण नागरिक बिरामी पर्ने र यिनैका कारण पदयात्री समेत संकटमा पर्ने जनाईएको छ ।गरिब,बिपन्न,अपर्याप्त पूर्व तैयारी आदीको कमीले चिसो र हिमपातको समस्या जटिल… पुरा पढौ

बाटुलेचौरमा बन्यो गन्धर्व संग्रहालय

कास्कीको पोखरा १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व संग्रहालय आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । उनले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । मन्त्री अधिकारीले गन्धर्व नेपाली कला र संस्कृतिका धरोहर भएको उल्लेख गरे । उनले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिए । २०७१ मा निर्माण सुरु गरिएको संग्रहालय भवन १७ लाखको लागतमा गत असार मसान्तमा निर्माणकार्य सम्पन्न भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं