समाज

बाबुको हत्या

उर्लाबारी  मोरङकोविराटनगर महानगरपालिका–१७धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । छुराप्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गए राति मण्डलकी जेठी श्रीमतीका छोरा २५ वर्षीय आकाश र कान्छी श्रीमतीका छोरा २२वर्षीय चुनुबीच घरायसी विषयमा भएको विवाद चुलिँदा चुनुले बाबुको हत्या गरेकोबताइएको छ । छुराप्रहारबाट गम्भीर घाइते शशीलाई उपचारका लागि नोबेल अस्पताल लगिएको र सो क्रममाबिहीबार राति मृत्यु भएको हो । छुरा प्रहारबाट दाजु… पुरा पढौ

गणतान्त्रिक ‘छैरो–चिमाङ’ मा वडाकार्यालय भवन

सडक संञ्जालको पहुच नपुगेको घरपझोङ गाउपालिका वडानम्बर १ छैरो–चिमाङको नवनिर्मित वडाकार्यालय भवनको बिहिबार एक समारोहकाबीच उद््घाटन भएको छ ।गाउपालिकाले उपलब्ध गराएको क्रमागत बजेट ५५ लाख र स्थानीय जनश्रमदासहित ७ कोठे पक्की वडाकार्यालय भवनको निर्माण भएको हो । गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले वडाकार्यालय भवनको उद््घाटन गरे ।त्यस्तै,मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नवनिर्मित वडाकार्यालय भवनको ब्यानर बाचन पढेर सुनाए । कार्यक्रममा बोल्दै अध्यक्ष आशबहादुर थकालीले वडाकार्यालय भवनको उद््घाटन संगै स्थानीयतहले प्रदान… पुरा पढौ

मलेसियामा हरेक दिन १ नेपालीको मृत्यु

धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक १ जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरूको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३ सय २२ को विभिन्न कारणले मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१७ मा ३ सय ६४ रहेको थियो । कार्यवाहक राजदूत… पुरा पढौ

जिल्ला स्तरिय समूदाय–प्रहरी साझेदारी यूनिट गठनबारे छलफल

प्रहरी प्रधान कार्यालयले मुलुकभर समूदाय–प्रहरी साझेदारी अभियान लागु गरेपछि मुस्ताङ पनि यसको तैयारी अघि बढेको छ ।पछिल्लो समय मुलुकमा भईरहेको हत्या हिंसा र बलात्कार जस्ता जघन्य अपराधमा बृद्धि भएपछि प्रहरी प्रधान कार्यालयले यसप्रकारको अभियान थालेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले यसअघिनै जिल्लाका ५ वटै स्थानीयतह संग समूदाय–प्रहरी अभियानमा सहकार्य भईसकेको छ ।प्रहरी प्रधान कार्यालयको समूदाय–प्रहरी साझेदारी निर्दैशिका अन्तर्गत प्रत्येक जिल्लाका महानगर ,उपमहानर,गाउपालिकाहरुका प्रत्येक अंगहरुमा साझेदारी यूनिट गठन हुने मुस्ताङका प्रहरी… पुरा पढौ

किसानलाई जग्गा खोजिदिँदै प्रदेश सरकार

प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु भएको छ । भूमिहीन किसानलाई लक्षित गरी प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले करार खेती कार्यक्रम अघि सारेको हो । जग्गा अभावमा खेती गर्न नपाएका किसानलाई मन्त्रालयले करारमा जग्गा उपलब्ध गराउने नयाँ योजना ल्याएपछि करार खेतीका लागि ६५ जना कृषकले आवेदन दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिए । “पहिलो चरणको… पुरा पढौ

सफल एक्स्पो पोखरा सम्पन्न, सफल भएको आयोजकको दाबि

पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ को सोमबार समापन भएको छ । मेला समापन समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले आर्थिक चलायमान बनाउन मेला महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । गण्डकी प्रदेशको राजधानि पोखरा भएको कारणले पनि यहाँ आयोजित मेलाले विशेष महत्व राखेको बताउँदै व्यावसायिक सुदृढीकरणका लागि वाणिज्य संघले यस किसिमका मेलालाई निरन्तरता दिन आग्रह गरे । गण्डकी… पुरा पढौ

सित्तैमा घरको नक्सा बनाउँदै हेटौंडा उपमहानगर

हेटौंडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ । विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो । उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले १ हजार स्क्वायर फिट भन्दा बढी जग्गामा घर निर्माण गर्दा आवश्यक नक्सा निःशुल्क बनाउन सुरु गरेको जानकारी दिए ।यसअघि नक्सा बनाउनका लागि सेवाग्राहीलाई कन्सल्टेन्सी धाउनुपर्ने बाध्यता थियो । कन्सल्टेन्सीले प्रति नक्सा कम्तीमा १० हजारसम्म लिने गर्थे… पुरा पढौ

दैनिक चेलीबेटीमाथि बलात्कार, यही हो मानवअधिकार !

आज विश्व मानव अधिकारकार दिवस । यो दिवस मनाइरहदा देशैभर दिवसको भन्दा महिला हिंसा अन्त्य र बलात्कारीलाई सजायको माग चर्काे छ । पोखरामा पनि राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सोमबार यो दिवस मनाइएको छ । मानवअधिकार चोकबाट चिप्लेढुंगा हुँदै सभागृहचोकमा प्रभातफेरि ¥याली पुग्दा निर्मलाका निम्ति न्याय अभियानले प्ले कार्ड प्रदर्शन ग¥यो । दिवसकालाई दिवसकै रुपमा सिमित गरी मानवअधिकारको पक्षमा संघ, संस्थाले आवाज नउठाएको उनीहरुको गुनासो छ । करिब १ दर्जन… पुरा पढौ

भ्रष्टाचारविरुद्ध निर्मम ढंगले लाग्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आइतबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरे । प्रधानमन्त्री ओलीले भने, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न… पुरा पढौ

नेपालमा समलिंगी विहेको कानुन माग

नेपालको संविधान र कानुनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् । युवालय नामक संस्थाले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी विषयमा सञ्चारमाध्यमसँग आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले समलिङ्गी व्यक्तिले कानूनको अभावमा विवाहजस्तो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गरे । कार्यक्रममा नीलहिरा समाजका कार्यक्रम अधिकृत अनुज पिटरले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं