गणतान्त्रिक ‘छैरो–चिमाङ’ मा वडाकार्यालय भवन


सडक संञ्जालको पहुच नपुगेको घरपझोङ गाउपालिका वडानम्बर १ छैरो–चिमाङको नवनिर्मित वडाकार्यालय भवनको बिहिबार एक समारोहकाबीच उद््घाटन भएको छ ।गाउपालिकाले उपलब्ध गराएको क्रमागत बजेट ५५ लाख र स्थानीय जनश्रमदासहित ७ कोठे पक्की वडाकार्यालय भवनको निर्माण भएको हो ।


गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले वडाकार्यालय भवनको उद््घाटन गरे ।त्यस्तै,मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नवनिर्मित वडाकार्यालय भवनको ब्यानर बाचन पढेर सुनाए ।

कार्यक्रममा बोल्दै अध्यक्ष आशबहादुर थकालीले वडाकार्यालय भवनको उद््घाटन संगै स्थानीयतहले प्रदान गर्ने संम्पूर्ण सेवासुविधा वडास्तरबाट प्राप्त गर्न सकिने बताए ।उनले गाउपालिका भित्र सबैभन्दा पीछडिए बस्ती भएकाले यसको बिकासका लागि गाउपालिकाले मुख्य प्राथमिकतामा सुचिकृत गरेको जनाए ।


प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संघीयताको कार्यान्वय संग ३ तहको सरकार बनेको बताए ।उनले स्थानीयतहले बिकास पूर्वाधार तथा अन्य सुविधामा जनताको पहुच पुगेमात्र सिंहदरबारको अधिकार गाउतहमा भन्ने नारा सार्थक हुने उल्लेख गरे ।उपाध्यक्ष शर्मिला गुरुङ गाउपालिकाले समृद्ध गाउपालिका बनाउन प्रयास भईरहेको बताईन्् । गाउपालिकाकै सुन्दर बस्ती छैरो चिमाङ भएको उल्लेख गर्दै उपाध्यक्ष गुरुङले पूर्वाधार बिकास गर्दा धार्मिक,सांस्कृतिक र प्राकृतिक संरचना बिथोलिन नहुने जनाईन्् ।उनले वडा १ र ५ लाई ग्रामिण पदमार्ग तथा होमस्टेको रुपमा बिकास गर्न आवश्यक भएको उल्लेख गरिन्् ।

पानसमा दियो बालेर कार्यक्रमको समूद््घाटन गर्दै गाउपालिका अध्यक्ष आशबहादुर थकाली

नेपाल कम्यूनिष्ट पार्टी नेकपाको संयोजक रमेश भट््टचनले प्रदेश सरकारले रिङरोड र मोटरेबल पुलको योजनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिए ।गणतान्त्रिक गाउसुधार समितिका अध्यक्ष भीम रसाईलीले ओझेलमा परेको वडामा बिकासको किरण छाउन सुरु गरेको अनुभव सुनाए ।कार्यक्रममा पूर्व जिविस सभापति बिष्णुराज हिराचनले मन्तब्य व्यक्त गरे ।


कार्यक्रममा वडाकार्यालय भवन निर्माणका उपसमितिका संयोजक कृष्ण गौचन तथा निर्माण व्यवसायी चन्द्र थकालीलाई भवन निर्माणमा योगदान दिए वापत सम्मान गरिएको थियो ।यसअघि वडा नम्बर १ र २ का वडासचिब खगेन्द्र देवकोटाले भवन निर्माण खर्चबारे जानकारी गराएका थिए ।


वडाअध्यक्ष आईतप्रसाद थकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य बिनोद थकाली र कार्यक्रम संञ्चालन जिससकी सदस्य जैकला बिकले गरकी थिईन्् ।