एकल पुरुषलाई पनि भत्ता

झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक ५ सय का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए ।


‘एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ’, उनले भने, ‘असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौं ।’ गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु ५ सयका दरले भत्ता प्रदान गरेकोे थियो ।


गाउँपालिकाले ८४ वर्षमाथिका १ सय १८ वृद्धवृद्धालाई सरकारले प्रदान गर्दैै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु ५ सय थपेर प्रदान गर्दै आएको पनि अधिकृत दङ्गालले बताए ।