समाज

दलित भन्दै कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ

दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेका थिए । जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई पक्राउ गरेको हो । विष्टलार्ई बुधबार बेलुकी नै जिल्ला अदालत… पुरा पढौ

श्रीमान सँग झगडा हुँदा लगाईन शरिरमा आगो

धरानकी एक महिलाले श्रीमान सँगको झगडामा आफ्नै शरिरमा तारपिनको तेल हालेर आगो लगाएकी छिन । धरान १६ की ३८ बर्षिय मिरा राईले आफ्नो श्रीमान सँगको सामान्य विवादमा आगो लगाई आत्महत्याको प्रयास गरेकी हुन । घरमा भएको विवादको क्रममा आगो लगाई रहेको अवस्थामा श्रीमानलेनै देखेपछि धरान स्थित वीपी काईराला विज्ञान प्रतिष्ठान धरान लगेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । घाईते राई सामान्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ । पुरा पढौ

फोटोग्राफर संघको टोली बन्दीपुरमा

आन्तरिक पर्यटन बर्ष २०१९ को प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी क्षेत्रका चुनौती र समाधानका उपाय शीर्षकमा अन्तरक्रिया कार्यक्रम गरेको छ । पहाडकी रानी भनेर चिनिने तनहूँको पर्यटकीय स्थल बन्दीपुरमा कार्यक्रम संचालन भएको थियो । कार्तिक १ र २ गते २ दिनसम्म बन्दीपुरका विभिन्न पर्यटकीय स्थानहरुको अवलोकन पश्चात् बन्दीपुर सामुदायीक होमस्टेमा कार्यक्रम भएको हो । कार्यक्रममा ब्यवसायिक ऐक्यबद्धता जनाउँदै गण्डकी प्रदेश अन्तर्गत ७ जिल्लाका फोटोग्राफरको सहभागिता रहेको थियो । कार्यक्रममा… पुरा पढौ

बेहुलाबेहुली र पण्डित मण्डपबाटै पक्राउ

सल्यानमा बाल विवाह हुँदै गर्दा मण्डपबाटै ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका ५ जामुनेबाट बेहुला, बेहुली, उनीहरुका आमाबुबा र पण्डितलाइ प्रहरीले पक्राउ गरेको हो । आइतबार विहे गरिरहेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहामले उनीहरुलाई पक्राउ गरेको हो । सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालक र ८ मा अध्ययनरत बालिकाले भागी विवाह गरेका थिए । हिन्दु परम्परा अनुसार विवाह गर्न लागेका उनीहरुलाई प्रहरीले… पुरा पढौ

चार किलो चरेस सहित दुई युवा पक्राउ

नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको जानकारी दिएका छन् । चरेस बेचबिखन गर्न हिँडेको भन्ने अनुसन्धानमा खुल्न आएको छ, उनले भने । पक्राउ परेका… पुरा पढौ

सहारा क्लबलाई अष्ट्रेलियाबाट सहयोग

अष्ट्रेलियामा हालै सम्पन्न दोस्रो सहारा कपबाट संकलित रकम सहारा क्लव पोखरालाई हस्तान्तरण गरिएको छ । सहारा क्लब अष्ट्रेलियाले सिड्नीमा भएको प्रतियोगिताको फाईनल खेलमा टिकटबाट उठेको ७७ हजार ६ सय १० पोखराको सहारा क्लवलाई हस्तान्तरण गरिएको हो । सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अष्ट्रेलिया नेपाली फुटबल एसोसिएसन (एन्फा) को सहकार्यमा सहारा क्लब अष्ट्रेलियाले वार्षिकरुपमा आयोजना गर्दै आएको छ… पुरा पढौ

दाइँजो नदिएपछि श्रीमतीको हत्‍या

दाइँजो नदिएको आरोपमा महिलाको हत्या भएको छ । विराटनगर महानगरपालिका पिचराकी २२ वर्षीया रञ्जना सहनीको हत्या आरोपमा उनका श्रीमान् भीम बहरदारसहित ४ जना शुक्रबार पक्राउ परेका छन् । २५ वर्षीय बहरदार भारतीय नागरिक हुन् । रञ्जनाको शव आइतबार विहान भारतीय बजार जोगबनीबाट करिब ३ किलोमिटर दक्षिण भवानीपुरको खोलामा फेला परेको थियो। मृतकको अनुहार र शरीरको भागमा चोटपटक रहेको छ। पक्राउ परेकामा मृतकका श्रीमान् भीमसँगै अर्जुन बहरदार, सैनी बहरदार र शिवानन्द… पुरा पढौ

आमामाथि नै बलात्कार !

आमाकै कारण यो सुन्दर संसार देख्ने सौभाग्य मिल्छ । तर, यहि सुन्दर संसारमा कुरुष प्रवृतिका पुरुषहरु पनि छन् । जो जन्म दिएकी आमालाई यौनको भोक मेट्ने प्रयास गर्छ । दशैं मनाउन भारतबाट घर फर्केका कैलालीका एक जना युवक आफ्नै आमालाई बलात्कार प्रयासका कारण पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका–१ बादी टोलका ३१ वर्षीय ती युवकले आफ्नै आमालाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन् । शुक्रबार साँझ खाना खाएर… पुरा पढौ

छोरीलाई दाइजो : कविता र किताब

हामीले रचेको हाम्रो अस्मिताको गीत आज समर्पण गर्दैछौँ यो गीत कालजयी होओस् हाम्रो अस्मिताको गीतमा अचल साधना परिरहोस् । यो साहित्यिक गोष्ठीमा सुनाइएको कविता होइन । प्रगतिशील व्यवहार जीवनमै लागु गर्ने साहित्यकारले छोरीलाई दाइजो दिएको फ्रेममा लेखिएको आशीर्वाद हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ मणिग्राम शब्दपथ निवासी साहित्यकार डा मुरारि पराजुली र श्रीमती गीता पराजुलीकीले गत बिहीबार छोरी अस्मिताको बिबाहमा दाईजोको सट्टा एक थान कविता दिए । सँगै ५ थान… पुरा पढौ

नेकपा पोखरा-५ मा शुभकामना आदान-प्रदान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका वठा नं. ५ वडा कमिटीले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्यो । नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, छठ लगायतका पर्वहरूको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा गण्डकी प्रदेश सदस्य दीलिप विक्रम शाहीले शुभकामना प्रकट गर्दै नेपाल समृद्धितर्फ उन्मुख भएकाले नेकपा सरकारले ल्याएका भिजनहरू कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका नगर सचिव रामजी प्रसाद… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं