ताजा समाचार

असाेज २० गते २०७६

छोरीलाई दाइजो : कविता र किताब

हामीले रचेको
हाम्रो अस्मिताको गीत
आज समर्पण गर्दैछौँ
यो गीत कालजयी होओस्
हाम्रो अस्मिताको गीतमा
अचल साधना परिरहोस् ।

यो साहित्यिक गोष्ठीमा सुनाइएको कविता होइन । प्रगतिशील व्यवहार जीवनमै लागु गर्ने साहित्यकारले छोरीलाई दाइजो दिएको फ्रेममा लेखिएको आशीर्वाद हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ मणिग्राम शब्दपथ निवासी साहित्यकार डा मुरारि पराजुली र श्रीमती गीता पराजुलीकीले गत बिहीबार छोरी अस्मिताको बिबाहमा दाईजोको सट्टा एक थान कविता दिए । सँगै ५ थान किताब पनि ।

अस्मिताको पाल्पा, मदन पोखराका पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका सांसद् सोमप्रसाद पाण्डेयका छोरा अचलराजसँग विहे भएको हो । समारोहमा वर पक्षलाई कुनै पनि दाइजो दिईएको थिएन ।

वैवाहिक समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल तथा ५ नं। प्रदेशका विभिन्न मन्त्री, सांसद् तथा साहित्यकारहरु साक्षी थिए ।

विकृतिविरुद्ध कमसेकम पढेलेखेकाहरुले केही न केही गर्नुपर्ने डा पराजुली ठान्छन् । उनी भन्छन्, ‘सामाजिक रुपान्तरणको अभियानका लागि मैले यही गरें ।’

सांसद् पाण्डे पनि दाईजो प्रथालाई निरुत्साहित गर्न यस्ता अभियान प्रभावकारी हुने ठान्छन् ।


Loading...