ताजा समाचार

असाेज २७ गते २०७६

सहारा क्लबलाई अष्ट्रेलियाबाट सहयोग

अष्ट्रेलियामा हालै सम्पन्न दोस्रो सहारा कपबाट संकलित रकम सहारा क्लव पोखरालाई हस्तान्तरण गरिएको छ ।

सहारा क्लब अष्ट्रेलियाले सिड्नीमा भएको प्रतियोगिताको फाईनल खेलमा टिकटबाट उठेको ७७ हजार ६ सय १० पोखराको सहारा क्लवलाई हस्तान्तरण गरिएको हो ।

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

अष्ट्रेलिया नेपाली फुटबल एसोसिएसन (एन्फा) को सहकार्यमा सहारा क्लब अष्ट्रेलियाले वार्षिकरुपमा आयोजना गर्दै आएको छ ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको १६ टिम सहभागी प्रतियोगितामा सेनजोर्ज नेपेलिज फुटबल टिम प्रथम भएको थियो ।