ताजा समाचार

असाेज २६ गते २०७६

दाइँजो नदिएपछि श्रीमतीको हत्‍या

दाइँजो नदिएको आरोपमा महिलाको हत्या भएको छ । विराटनगर महानगरपालिका पिचराकी २२ वर्षीया रञ्जना सहनीको हत्या आरोपमा उनका श्रीमान् भीम बहरदारसहित ४ जना शुक्रबार पक्राउ परेका छन् ।

२५ वर्षीय बहरदार भारतीय नागरिक हुन् । रञ्जनाको शव आइतबार विहान भारतीय बजार जोगबनीबाट करिब ३ किलोमिटर दक्षिण भवानीपुरको खोलामा फेला परेको थियो।
मृतकको अनुहार र शरीरको भागमा चोटपटक रहेको छ।

पक्राउ परेकामा मृतकका श्रीमान् भीमसँगै अर्जुन बहरदार, सैनी बहरदार र शिवानन्द मुखिया छन्। गत वर्ष फागुनमा रञ्जनाको विहे भएको थियो । रञ्जनाका आफन्तले भीमको परिवारलाई २ लाख रुपैया दाँइजो रकम दिन नसक्दा रञ्जनालाई पटक पटक यातना दिने गरेको दाबी गरेका छन् ।