ताजा समाचार

कार्तिक ३ गते २०७६

फोटोग्राफर संघको टोली बन्दीपुरमा

आन्तरिक पर्यटन बर्ष २०१९ को प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी क्षेत्रका चुनौती र समाधानका उपाय शीर्षकमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पहाडकी रानी भनेर चिनिने तनहूँको पर्यटकीय स्थल बन्दीपुरमा कार्यक्रम संचालन भएको थियो । कार्तिक १ र २ गते २ दिनसम्म बन्दीपुरका विभिन्न पर्यटकीय स्थानहरुको अवलोकन पश्चात् बन्दीपुर सामुदायीक होमस्टेमा कार्यक्रम भएको हो ।

कार्यक्रममा ब्यवसायिक ऐक्यबद्धता जनाउँदै गण्डकी प्रदेश अन्तर्गत ७ जिल्लाका फोटोग्राफरको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय तहदेखि जिल्ला तथा प्रदेशमा देखिएका फोटोग्राफी क्षेत्रका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

फोटोग्राफी क्षेत्र एक प्राविधिक क्षेत्र भएको हुंँदा समाज रुपान्तरणमा यसको बिशेष महत्व रहँदा रहँदै पनि राज्यबाट सधैं उपेक्षित रहनु परेको कार्यक्रमका वक्ताले बताए ।

यस प्रकारको समुदायका हरेक क्रियाकलापहरुमा सिधंै सम्पर्कमा रहेको पेशालाई केही ब्यक्तिले अमार्यादित र अस्वस्थ प्रतिस्पर्धात्मक बनाउने प्रयत्न गरेकोमा सवैको दुखेसो रहेको थियो ।

एउटा सरकारी निकायमा ब्यवसाय दर्ता गरेर बैधानिक तरिकाले ब्यवसाय गर्ने ब्यक्ति र एउटा क्यामेरा मात्र बोकेर फोटोग्राफी गर्ने ब्यक्तिलाई सरकारी निकायले एउटै नजरले हेर्ने प्रकृयालाई सवैले दुःखको कुरा मानेका छन् ।

नगरपालिका , महानगरपालिका लगायत स्थानीय तहदेखि घरेलु तथा वाणिज्य हुँदै आन्तरिक राजस्व कार्यलयमा ब्यवसाय दर्ता गर्ने ब्यवसायी र एउटा क्यामेरा बोकेर फोटोग्राफी गर्ने ब्यक्तिमा सरकारी निकाय गम्भीर अनुगमन नहुंँदा ब्यवसायी मर्कामा परेको सवैको गुनासो रहेको थियो ।

त्यस्तै गरि हरेक क्षेत्रमा टासिने फोटोका साईज आआफ्नै स्वैच्छिक तरिकाका हुनु र नेपाल सरकारले फोटोको स्टान्डर्ड साईज निक्यौल गर्न नसक्नु दुखको कुरा रहेको सवैले बताए ।

अहिले नेपाल सरकारले एम.आर.पि. भन्दा अन्य साईजमा कुनै ध्यान पुर्याउन सकिरहेको देखिदैन ।

वडाकार्यालय देखि बिभिन्न सरकारी निकायहरुमा प्रयोग हुने फोटोको साईज र गुणस्तरका बारेमा साथै बिधालयहरुमा प्रयोग हुने फोटोहरुको कुनै निश्चित मापदण्ड नहुदा मनोपली बढीरहेको देखिन्छ ।

कार्यक्रममा बिभिन्न जिल्लाका सहभागी फोटोग्राफरहरु दिपेन्द्र बस्याल, राजन अधिकारी, कुशल अधिकारी, बिजय शर्मा, आलोक कुमाल शिवहरि अधिकारी, घनश्याम पौडेल, जीवन ढुंगाना लगायतले फोटोग्राफी चुनौतीका बारेमा आआफ्नो जिज्ञासा राखेका थिए ।

यसैगरी गण्डकी प्रदेश भित्रका फोटोग्राफी ब्यवसायी संस्थाका जिल्ला अध्यक्षहरू, पोखरा फोटोग्राफर संघका अध्यक्ष रबिनाथ दहाल, पर्वत फोटाग्राफर संघका अध्यक्ष नारायण बहादुर केसी, तनहूँ फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ, नवलपुर फोटोग्राफर संघका अध्यक्ष किशोर अधिकारी लगायतले जिल्लाका समस्या र चुनौतीका बारेमा बोलेका थिए ।

संस्थाको आर्थिक अवस्थाको बारेमा संस्थाका कोषाध्यक्ष नविनराज पौडेलले जानकारी गराएका थिए । सवै फोटोगाफरको पहिचान र एकरुपताका लागि फोटोग्राफर संघ गण्डकीले टिर्सट निमार्ण गरेर गण्डकी प्रदेशका सवै जिल्लाका फोटोग्राफरलाई वितरण समेत गरिएको थियो ।

सो टिर्सट गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको फोटोग्राफी एकताको प्रतिक समेत भएकोे महासचिव तुलसी राम सुवेदीले बताए ।

कार्यक्रममा उठेका बिषयलाई जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म कार्यान्वयनमा पहल गर्ने केन्द्रिय उपाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।

फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको फोटोग्राफर संघ गण्डकीका महासचिव तुलसीराम सुवेदीले संचालन गरेका थिए । कार्यक्रमको संयोजन तनहुं फोटोग्राफर संघले गरेको थियो ।