ताजा समाचार

असाेज १७ गते २०७६

नेकपा पोखरा-५ मा शुभकामना आदान-प्रदान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका वठा नं. ५ वडा कमिटीले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्यो ।

नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, छठ लगायतका पर्वहरूको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा गण्डकी प्रदेश सदस्य दीलिप विक्रम शाहीले शुभकामना प्रकट गर्दै नेपाल समृद्धितर्फ उन्मुख भएकाले नेकपा सरकारले ल्याएका भिजनहरू कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नगर सचिव रामजी प्रसाद कोइरालाले मुलुकको संविधान कार्यान्वयन र समृद्धिका लागि नेकपा र नेपाली कांग्रेस मिल्नुको विकल्प नभएको बताए ।

पोखरा महानगरका प्रवक्ता एवं पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपालीले अब आन्दोलन राजनीतिक नभइ मुलुक समृद्धिका लागि हुनुपर्नेमा जोड दिए ।

नेकपाका वडा सचिव नारायण विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा वडा कमिटी सदस्य वसन्तराज गौतमले सञ्चालन गरेका थिए ।

कार्यक्रममा नेकपा तथा अन्य दलका विभिन्न तहका नेता कार्यकर्ता र स्थानीय सहभागी भएको नेकपा वडा कमिटी सदस्य नवराज कोइरालाले जानकारी दिए ।


Loading...