ताजा समाचार

असाेज २५ गते २०७६

आमामाथि नै बलात्कार !

आमाकै कारण यो सुन्दर संसार देख्ने सौभाग्य मिल्छ । तर, यहि सुन्दर संसारमा कुरुष प्रवृतिका पुरुषहरु पनि छन् । जो जन्म दिएकी आमालाई यौनको भोक मेट्ने प्रयास गर्छ ।

दशैं मनाउन भारतबाट घर फर्केका कैलालीका एक जना युवक आफ्नै आमालाई बलात्कार प्रयासका कारण पक्राउ परेका छन् ।

जिल्लाको बर्दगोरीया गाउँपालिका–१ बादी टोलका ३१ वर्षीय ती युवकले आफ्नै आमालाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन् ।

शुक्रबार साँझ खाना खाएर सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

आमा कराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । सुखड प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।