ताजा समाचार

असाेज २९ गते २०७६

बेहुलाबेहुली र पण्डित मण्डपबाटै पक्राउ

सल्यानमा बाल विवाह हुँदै गर्दा मण्डपबाटै ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका ५ जामुनेबाट बेहुला, बेहुली, उनीहरुका आमाबुबा र पण्डितलाइ प्रहरीले पक्राउ गरेको हो ।

आइतबार विहे गरिरहेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहामले उनीहरुलाई पक्राउ गरेको हो ।

सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालक र ८ मा अध्ययनरत बालिकाले भागी विवाह गरेका थिए । हिन्दु परम्परा अनुसार विवाह गर्न लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर हिरासतमा राखेको छ ।