समाचार

सेकुङ संरक्षणमा जोड, फलामे डस्मिन राखियो

मुस्ताङको थासाङ २ सेकुङ तालमा फलामे डस्मिन राखिएको छ ।पर्यटकले फ्याक्ने फोहोर व्यवस्थापनका लागि तालको चारैतिर डस्मिनको व्यवस्था गरिएको हो । जिल्ला यूवा समिति मुस्ताङको पहलमा पर्यटकीय गन्तब्य सेकुङ तालमा सनिवार ४ वटा फोहोर व्यवस्थापन गर्ने फलामे डस्मिन राखिएको समितिका अध्यक्ष सम्राट गौचनले जानकारी दिए ।उनका अनुसार तालको सौन्दर्यता जोगाउन फोहोर व्यवस्थापनका लागि दिर्घकालीन फोहोर फाल्ने डस्मिन राखिएको बताए ।यसका लागि माछापूच्छ«े बैक लिमिटेडले ४ वटा ४० हजार मुल्य बराबरको… पुरा पढौ

प्याब्सन कास्कीमा नयाँ समिति

प्याब्सन कास्कीको १८ औँ जिल्ला अधिवेशनले प्रेमप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेल, उपाध्यक्षमा राम गुरुङ र उमा लामिछाने, सचिवमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी, सहकोषाध्यक्षमा नवीन बराल, सहसचिवमा पुष्पराज पराजुली, र देवप्रसाद बास्ताकोटी निर्वाचित भए । सदस्यमा सन्दीप अधिकारी, नारायण शर्मा चापागाई, मोहन पौडेल, नीलकण्ठ आचार्य, डा. टेकनारायण पौडेल, नरेश बराल, अञ्जु बराल अधिकारी र कौशल्या गुरुङ छन् । गाउँपालिका फोकल पर्सनमा रवीन्द्रमोहन… पुरा पढौ

तनहुँका ६ तहमा मोबाइल एप्स

तनहुँका ६ स्थानीय तहले मोबाइल एप्स बनाएका छन् । १० स्थानीय रहेको जिल्लाका सबै नगरपालिकाले मोबाइल एप्स बनाइसकेका छन् । व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा आइसकेको छ । देवघाट र म्याग्दे गाउँपालिकाले मात्रै मोबाइल एप्स बनाएका छन् भने आँबुखैरेनी, बन्दीपुर, रिसिङ र घिरिङ बाँकी छन् । व्यासको मोवाइल एप्स बिहीबार तयार भएको छ । व्यास नगरपालिकाले प्रवाह गर्ने सेवाका बारेमा गुनासो भए मोबाइल… पुरा पढौ

रानीमहल सिंगार्दै प्रदेश ५

नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका वातावरणमन्त्री लीला गिरीले बताए । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताए… पुरा पढौ

६ महिना स्कुल बन्द

चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरू बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत (६–८) र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् । चिसो बढेसँँगै बन्द भएका विद्यालय छ महीनापछि मात्रै खुल्छन् । प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय स्तरको वर्ड क्याम्प

वर्डप्रेस पोखराको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वर्डक्याम्प पोखरा २०१८ शनिबार भएको छ । २०१२ देखि प्रत्येक वर्ष काठमाडौंमा वर्डक्याम्प हुनेगरेको थियो । नेपाल राजधानी बाहिर पोखरामा पहिलो पटक यो कार्यक्रम भएको हो । विश्वमा निर्माण हुने वेबसाइटमध्ये ३० प्रतिशत बढी वर्डप्रेस प्रयोग गरी बनाइन्छ । कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको ६० प्रतिशत बढी हिस्सा वर्डप्रेसले ओगटेको बताइन्छ । वर्डप्रेसबारे जानकारी दिन क्याम्प आयोजना गरिएको कार्यक्रम संयोजक पितमबहादुर सेनले बताए । सामुुदायिक हितका लागि… पुरा पढौ

सरकारी स्कुलका विद्यार्थीलाई स्टेसनरी र न्यानो कपडा

बाबा फाउन्डेसन नेपाल, रोटरी क्लब अफ पोखरा न्युरोड र इनरह्वील क्लब पोखरा न्युरोडले पोखरा महानगरपालिका २४ कास्कीकोटस्थित वसन्त आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री एवं न्यानो कपडा वितरणगरेका छन् । शुक्रबार विद्यालयमा आयोजित समारोहमा बाबा फाउन्डेसन नेपाल सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष पुष्पकमल पौडेल र इनरह्वील क्लबन्युरोड पोखराका अध्यक्ष लक्ष्मी बस्नेत अधिकारी लगायतकाले ९२ जना छात्रछात्रालाई झोला, कपी, कलम र स्वीटर वितरण गरेका छन् । रोटरी क्लब… पुरा पढौ

यदुनाथलाई युआरएल पत्रकारिता पुरस्कार

युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित हुने भएका छन् । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले स्थापना तथा सञ्चालन गरेको पुरस्कारको राशि नगद १५ हजार, ताम्रपत्र र दोसल्ला छ । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाइ कम्तीमा ५ वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई वर्षेनी यो पुरस्कार प्रदान गरिन्छ । पत्रकार बञ्जारा पोखराबाट प्रकाशित सराङकोट साप्ताहिकका सम्पादक हुन् । अग्रज पत्रकार राजबहादुर गुरुङ संयोजक र जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद… पुरा पढौ

बिएमडब्लु बाइक पोखरामा

बहुप्रतिष्ठित जर्मन मोटरबाइक कम्पनी बिएमडब्लुका बाइक पोखरामा भित्रिएका छन् । बिएमडब्लुको यस क्षेत्रको जिम्मेवारी आधिकारिक बिक्रेता जोन्छे ग्रुप अन्तर्गतको जोन्छे मोटर आर्डले बाइक पोखरामा भित्र्याएको हो । गिुणस्तरीय रेसिङ र एड्भन्चर्सको लागि विश्व प्रख्यात ब्रान्डलाई पोखरामा भित्र्याउन आफूहरु सफल भएको मोटरआर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रारम्भिक चरणमा २ मोडलका मोटरसाइकल पोखरामा भित्रिएका छन् । दुई मोडलहरु बिएमडब्लुजी ३१० आर र जी ३१० जिएस मोटरसाइकल पोखरामा उपलब्ध भएका हुन् ।… पुरा पढौ

वर्डक्याम्प पोखरा–२०१८ को तयारी पूरा

वर्डप्रेस पोखराको आयोजनामा पोखरामा पहिलो पटक हुने ‘वर्डक्याम्प पोखरा–२०१८’ को तयारी पूरा भएको छ। सन् २०१२ देखि प्रत्येक वर्ष काठमाडौंमा आयोजना हुँदै आएको वर्डक्याम्प राजधानी बाहिर पोखरामा पहिलो पटक हुने भएको छ। विश्वमा निर्माण हुने वेवसाइटको ३० प्रतिशत बढी वेबसाइट वर्डप्रेस प्रयोग गरी बनाइने र कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको ६० प्रतिशत बढी हिस्सा वर्डप्रेसले ओगटेकोले यसका बारेमा वृहत् चर्चा परिचर्चाका लागि क्याम्प आयोजना गर्न लागिएको डिजाइन संयोजक निरज पुनमगरले बताए। सामुुदायिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं