तेक्वान्दो प्रशिक्षकलाई प्रशिक्षक

पोखरामा तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजना तथा युके स्पोर्टस् काउन्सिलको सहयोगमा भएको ३ दिने तालिममा खेलको विकासका लागि खेलाडी नै आवश्यक पर्नेमा जोड दिइएको छ ।

नेपाल र बेलायतको साझेदारी परियोजना अन्र्तगत भएको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडी रहे मात्र खेल रहने बताए । ५० जना सहभागी तालिममा नेपाल तेक्वान्दो संघका हरेस्व पोखरेल, युके स्र्पोट्स काउन्सिलका अन्तर्राष्ट्रिय सम्वन्ध सल्लाहकार क्यमथरिन स्विट, कार्यक्रम निर्देशक लेन लेफे, प्रशिक्षक एन्ड्रिउ डिर, रिचार्ड फेयरहस्ट जोनाथन समेतले सहभागीलाई प्रमाणपत्रसँगै हौसला प्रदान गरे ।

संघका केन्द्रीय सदस्य मदन केसीले पोखरालाई पर्यटकीय शहर मात्र नभई खेलकुदको राजधानीका रुपमा समेत स्थापित गराउन आवश्यक रहेको बताए । संघका गण्डकी अध्यक्ष जगन गुरुङले खेलाडीको मनोबल उच्च गरी काम गर्न सकेमात्र राष्ट्रको नाम राख्न सकिनेमा जोड दिए ।

संघका महासचिव रमेश पौडेलले प्रशिक्षकले प्रशिक्षणमा सिकेको कुरालाई व्यवहारमा उतार्न अनुरोध गर्दै सहभागिलाई कुशल खेलाडी उत्पादनमा जोड दिन अनुरोध गरे । कार्यक्रममा नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङलाई तेक्वान्दो संघ गण्डकी प्रदेशले बधाइसँगै सम्मान गरेको थियो ।