सिद्धार्थ सहकारी १२ वर्षमा

शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको ११ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सभामा संस्थाका अध्यक्ष रामनारायण श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेशलाल श्रेष्ठले आर्थिक प्रतिवेदन तथा अनुमानित आय व्यय विवरण र लेखा समितिको प्रतिवेदन संयोजक सोमत लिगलले पेश गरे । बन्द शत्रले सबै प्रतिवेदन पास गरेको छ ।

साधारणसभामा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी, संस्थाका उपाध्यक्ष हीराकाजी श्रेष्ठ, संगम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष यमबहादुर रानाभाट, सिद्धार्थ क्लबका प्रथम उपाध्यक्ष पार्वती माकाजु, अध्यक्ष राम नारायण श्रेष्ठ र सचिव विनोदप्रसाद श्रेष्ठले धारणा राखेका थिए ।