समाचार

रवीन्द्रलाई कालो झन्डा देखाउने विद्यार्थीहरु गिरफ्तार

पोखरा आएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई कालो झन्डा देखाउने नयाँ शक्ति विद्यार्थी युनियनआवद्ध विद्यार्थीहरु गिरफ्तार भएका छन् । नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाई, विद्यार्थी नेताहरु रेशम सापकोटा, कृष्ण अधिकारी, नरेन वत्सेल, विशाल तिमिल्सिना लगायलाई प्रहरीले पक्रेको हो । शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक र संवैधानिक अधिकारलाई सरकारले कुल्चेको नयाँ शक्ति कास्की संयोजक किरण थापाले प्रतिक्रिया दिए । उनले राज्य भ्रष्टाचारको रक्षक बन्नु विडम्बडापूर्ण हुने भन्दै विद्यार्थी नेताहरुको… पुरा पढौ

गरिमाले दियो कालिका स्कुललाई ट्याङ्की

गरिमा विकास बैंक लिमिटेडको तल्लो गगनगौंडा शाखाले पोखरा महानगरपालिका वडा नं. ३२, मजुवा स्थित कालिका आधारभूत बिद्यालयलाई स्वच्छ खानेपानी व्यवस्थापनका लागि खानेपानी ट्याङकी हस्तान्तरण गरेको छ । ५ सय लिटर क्षमताको ट्याङ्की हस्तान्तरणले विद्यालयलाई खानेपानीको लागि सहज हुने विश्वाससमेत लिइएको छ । बिकास बैंकको पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, लघुवित्त विभाग प्रमुख नवीन प्याकुरेल, तल्लो गगनगांैडा शाखाका प्रमुख केशबहादुर गुरुङ र शाखा कार्यालय तल्लो गगनगांैडाका कर्मचारीको उपस्थितिमा बिद्यालय व्यवस्थापन समितिका… पुरा पढौ

बुटवलमा ‘पेजेन्ट नेपाल बुटवल फेसन शो’

प्रदेश ५को राजधानी बुटवलमा पहिलो पटक फेसन शो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर शो देखाईएको थियो । बुटवलको मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा र्याम्पमा उत्रिएका थिए ।एकहप्ता सम्मको प्रशिक्षण पश्चात मोडलहरुलाइ र्याम्प वाक सम्बन्धि विविध जानकारी प्रदान… पुरा पढौ

नदीमा हाम फालेर युवती गायब

आइतबार कालीगण्डकी नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । पर्वत र गुल्मी जोड्ने झोलुंगे पुल पुलबाट हाम फालेर बिहादी ३ मेनुका श्रेष्ठ बेपत्ता भएकी हुन् । बेपत्ता श्रेष्ठको खोजी भइरकेको प्रहरीले बताएको छ । बिहान साढे ७ बजे नदीमा हाम फालेकी श्रेष्ठको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर राजन रायमाझीले जानकारी दिए । पुरा पढौ

दीपक परियारलाई बाबा आनन्द पुरस्कार

बाबा फाउन्डेसन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार २०७५ बाट दीपक परियार सम्मानित भएका छन् ।कान्तिपुर दैनिकमा कार्यरत परियारलाई सोमबार पोखरामा आयोजित एक समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, फाउन्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठले नगद १९ हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे । यो पुरस्कार स्वर्गीय आनन्दराज श्रेष्ठको स्मृतिमा उनको परिवारबाट स्थापित भएको हो । पोखरा ३२ निवासी परियारले जनदिशा राष्ट्रिय दैनिकबाटबाट पत्रकारिता सुरु गरेका थिए… पुरा पढौ

मुस्ताङका उत्कृष्ट ५ उद्यमीलाई सम्मान गरिने

घरेलु तथा साना उद्योग बिकास समिति मुस्ताङले जिल्लाका उत्कृष्ट ५ उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने भएको छ ।उद्योग दिवस २०७५ को अवसरमा आउदो १५ गते शनिवार थासाङको लेतेमा हुने बृहत घुम्ती शिविरमा उद्यमीलाई सम्मान गरिने जनाईएको छ । जिल्ला समन्वय समितिकी प्रमूख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा आईतबार जिल्ला प्रशासन कार्यालयमा भएको बसेको बैठकले उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको हो ।बैठकले उत्कृष्ट ५ उद्यमी छनौटका लागि समिति गठन गरेको छ ।… पुरा पढौ

मुस्ताङको छेङ्गुर खोला किनारामा शब फेला

मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका १ छेङ्गुरमा बेवारिसे शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीलेका अनुसार करिव २ छेङ्गुर खोला किनारामा शनिवार सांझ ६ बजे यूवाको शब भेटिएको हो । गहुगोरो बर्ण,शरिर मझौला, कपाल छोटो र उचाई ५ फिट ५ ईन्च भएको उक्त यूवाले निलो जिन्स पाईन्ट र हरियो जुत्ता लगाएका छन् । अन्दाजी २८ देखि ३० वर्ष उमेरबीचका उक्त यूवा आर्य समूदायको जस्तो हुलिया… पुरा पढौ

पर्यटकको गन्तव्य स्थान बन्दै “हर्स शु माउण्टेन रिसोर्ट”

प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल सिन्धुपाल्चोक मुडेमा रहेको सम्पूर्ण सुबिधा सम्पन्न  हर्स शु माउण्टेन रिसोर्टू आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ । सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको होटल अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ् स्थल, सुविधा सम्पन्न रेस्टुरेन्ट होटलमा आउने अतिथि तथा ग्राहकहरुलाई राम्रो आथित्य तथा होटलमा भएका सम्पुर्ण सुबिधा उपभोग गर्न र प्राकृतिक छटाले भरिएको रेष्टुरेन्टमा कन्टिनेन्टल, इन्डियन, इटालियन लगायत सि फुडको व्यवस्था छ । यस… पुरा पढौ

यातायात सवारीको राजस्व संकलन ८६ करोड

यातायात व्यवस्था कार्यालय (सवारी)पोखराले आर्थिक वर्ष २०७३/७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व संकलन गरेको छ ।सो कार्यालयले आव ०७३/०७४ मा ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा ८५ करोड ९४ लाख ४३ हजार राजश्व संकलन गरेको छ । यो कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा… पुरा पढौ

पोखरामा पाउलो फ्रेकोको चर्चा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार पाउलो फ्रेको शैक्षिक दर्शनबारे चर्चा भएको छ । प्रतिष्ठानका उपाध्यक्ष सुरज पौडेलले ‘पाउलो फ्रेको शैक्षिक दर्शन र नेपालको शिक्षामा यसको प्रभाव’ शीर्षकको छलफल पत्रमा फ्रेले उपनिवेशकालीन ब्राजिलियन समाजको पृष्ठभूमिमा आलोचनात्मक सचेतना सिद्धान्त प्रतिपादन गरेको बताए । उनले भने, नेपालमा भएको शैक्षिक विकासलाई पनि उनको दार्शनिक मान्यताबाट विश्लेषण गर्न सकिने सम्भावना पनि छ । छलफल पत्रमा प्राडा विष्णुप्रसाद पौडेल,  डा.यमनाथ तिमिल्सिना,  डा. जगन्नाथ रेग्मी,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं