समाचार

बेचिन लागेका २ नेपाली महिलाको उद्धार

भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलालाई माइती नेपालको भारत शाखाले उद्धार गरेको छ । विभिन्न प्रलोभन देखाउदै राम्रो काममा लगाइदिने भनी लगेका काभ्रेपलाञ्चोकका २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाका २५ वर्षीया सविना (नाम परिवर्तन)को उद्धार गरिएको हो । काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारी… पुरा पढौ

विप्लवका २ कार्यकर्ता पक्राउ

सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको दुई कार्यकर्तालाई प्रहरीले पक्रउ गरेको छ। विप्लव समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका रमेश विक र कार्यकर्ता सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन्। इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहित प्रहरीको गस्ती टोलीले विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद… पुरा पढौ

गाडीको ठक्करबाट डा जोशीको मृत्यु

बानेश्वरमा गाडीले ठक्कर दिंदा मर्निङ वाकमा निस्किएका एक जनाको ज्यान गएको छ । आइतबार बिहान मर्निङ वाकमा निस्केका बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत ७२ वर्षिय डा.प्रभु जोशीलाई संसद भवनको दक्षिण गेट अगाडि गाडीले ठक्कर दिएर भागेको थियो। घटना पछि डाक्टर जोशीलाई सिभिल अस्पताल लगिएको थियो अस्पताल पु¥याए लगत्तै चिकित्सकले डा।.जोशीलाई मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले जानकारी दिएका छन् । डाक्टर जोशीलाई ठक्कर दिने… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बाँकेमा मोटरसाइकल दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ । शनिबार कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे ८ प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कोहलपुरका २६ वर्षीय अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिएका छन् । दुर्घटनामा घाइतेभएका मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको… पुरा पढौ

आगलागीमा परी बालकको मृत्यु

उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १६ जाल्पा रातापानी बस्ने चन्द्रबहादुर राईको घरमा कोही पनि नभएको अवस्थामा आगालागी हुँदा उनको ४ वर्षे छोरा बिष्णु बहादुर राईको मृत्यु भएको हो । बालकले लाईटर खेलाउने क्रममा आगोलागी हुँदा फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, घरमा रहेको अन्नपात, लत्ता कपडा, भाँडा वर्तन, २ ओटा सुँगुर गरी लगभग १८ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदपुरका डिएसपी… पुरा पढौ

चोरी गरेर भाग्दाभाग्दै प्रहरीको फन्दामा

मोरङमा चोरी गरेर भाग्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। स्थानीय राजकुमार बोहोराको घरमा कोही नभएको अवस्थामा ढोका फुटाएर चोरी गरी भाग्दै गर्दा बिहीबार साँझ सुन्दरहरैंचा नगरपालिका ९ बुधबारेबाट काठमाडौंका २६ वर्षीय आशिष मगर पक्राउ परेका हुन् । बोहोराको घरमा कोही पनि नभएको कुरा छिमेकीलाई थाहा थियो । शंकास्पद व्यक्ति घरबाट निस्किएर भाग्न थालेपछि स्थानीयले घेरा हाल्दै मगरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले… पुरा पढौ

ट्याकटर दुर्घटनामा चालकको मृत्यु

सङ्खुवासभाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्याकटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्याकटर चालक मनोज तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्याकटर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताएका छन् । पुरा पढौ

कैलालीमा जिपकोे ठक्करबाट १को मृत्यु

कैलालीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले गोदावरी नगरपालिका–२ तेघरीमा ठक्कर दिँदा सोही ठाँउ बस्ने ३४ वर्षीय देवराम टमटाको मृत्यु भएको हो । जिपकोे ठक्करबाट टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा आज बिहान दुर्घटना हुँदा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय राजेश यादवको मृत्यु भएको हो । खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे ४ प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन् । पुरा पढौ

घुस लिएको आरोपमा समातिए मालपोतका कर्मचारी

धुलिखेल मालपोत कार्यालयका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो । जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिसरबाट नै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं