बन्दुक देखाएर मार्ने धम्की दिँदै हिँड्ने पक्राउ

गुल्मीमा भरुवा बन्दुक देखाएर मार्ने धम्की दिँदै हिँडेको एक जना पक्राउ परेका छन् ।

मालिका गाउँपालिका-४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई मादक पदार्थ सेवन गरी सोही ठाउँका १६ वर्षीय एक युवकलाई भरुवा बन्दुक देखाएर मार्ने धम्की दिँदै हिँडेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पुर्कोटदह र अस्थायी प्रहरी पोष्ट अर्खाबाङबाट खटिएको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक बरामद गरेका छ। रानालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।