ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

उदयपुरको ताप्ली गाउँपालिका-४ मा ट्याक्टरले किच्दा पैदल यात्रीको मृत्यु भएको छ ।

सोमवार राती यारी खोलाबाट थानागाउ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका ५१ बर्षीय होम बहादुर रानालाई ठक्कर दिंदा घाईते भएका रानाको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा राती मृत्यु भएको हो।

ट्याक्टर चालक तत्काल फरार रहेकोले ट्याक्टर नियन्त्रणमा लिइ खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।