१ किलो सुनसहित दुई महिला पक्राउ

रसुवा प्रहरीले एक किलो सुनसहित दुई जना महिलालाई पक्राउ गरेको छ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका ममाया तामाङ र छोमाया तामाङ पकउ परेका हुन्।

सोमबार बिहान चीनको केरुङबाट अवैध रूपमा ल्याइएको सुन बरामद गरी महिलामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।