समाचार

टिपर दुर्घटनामा ४ को मृत्यु ११ घाइते

हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार टिपर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानसँगै यात्रु बोकेर नाम्खाको सल्लीबाट सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको थियो । दुर्घटनामा परी अन्य १२ जना घाईते भएका मध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । टिपर चालकले अत्यधिक मदिरा सेवन गरेकोले दुर्घटना भएको प्रहरीले जनाएको… पुरा पढौ

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन् । अग्रज पत्रकार हरि बास्तोला संयोजक र डा. नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार दीपक परियार र स्वास्थ्य पत्रकार यदुनाथ बञ्जारा रहेको छनोट समितिले सुरेन्द्रलाई पुरस्कार दिने निर्णय गरेको हो । यसअघि यो… पुरा पढौ

प्रतिबन्धित लागुऔषधसहित २ युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले बुधबार २ युवकलाई पक्राउ गरेको छ। जिल्लाको भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित पक्राउ गरेको हो । मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ पिस, प्रेमेथिन हाइड्राइड १८ पिस, नोरफिन १९ पिस र नाइट्रोभेट ३० पिस बरामद भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। पुरा पढौ

विप्लवका भोजपुर सेक्रेटरी कारागार चलान

सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्व समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ । मङ्गलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ । विष्टलाई भोजपुर नगरपालिका–१२ बेहेरे दोभान र रामप्रसा दराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको स्काभेटरमा जेसिबीमा आगजानी, टेम्केमैयुङ गाउँपालिका–१ को वडा तिम्माको कार्यालयमा आगजानी, रामप्रसाद राई गाउँपालिका–१ को ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको… पुरा पढौ

बन्दुक देखाएर मार्ने धम्की दिँदै हिँड्ने पक्राउ

गुल्मीमा भरुवा बन्दुक देखाएर मार्ने धम्की दिँदै हिँडेको एक जना पक्राउ परेका छन् । मालिका गाउँपालिका-४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई मादक पदार्थ सेवन गरी सोही ठाउँका १६ वर्षीय एक युवकलाई भरुवा बन्दुक देखाएर मार्ने धम्की दिँदै हिँडेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पुर्कोटदह र अस्थायी प्रहरी पोष्ट अर्खाबाङबाट खटिएको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक बरामद गरेका छ। रानालाई नियन्त्रणमा राखेर थप… पुरा पढौ

जिप दुर्घटनाहुँदा १ को मृत्यु, ४ घाइते

गुल्मीमा मंगलबार राति जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छन् । रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेको बुटिसगैरामा दुर्घटनामा भएको हो । दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको छ भने सत्यवती–३ का २२ वर्षीय राजन राहडी, २२ वर्षीय देवबहादुर बिक, ७ वर्षीय वीरेन्द्र सिंजाली र २३ वर्षीय अनिल बिक घाइते… पुरा पढौ

चित्तल मारेको अभियोगमा १ जना पक्राउ

प्रतिबन्धित जङ्गली जनावर चित्तल मारेको अभियोगमा चितवन राष्ट्रिय निकुन्जले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका–१३ का हेमबहादुर ढुङ्गाना रहेको निकुञ्जले जनाएको छ । चित्तल मारी परालको टौवामा लुकाइ राखेको भन्ने सूचनाको आधारमा ढुङ्गानालाई पक्राउ गरिएको हो । ढुङ्गानालाई निकुञ्ज सुरक्षार्थ खटिएको टोलीले चित्तल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसमेत बरामत गरेको छ । बटुकदल गणको टोलीले ढुङ्गानालाई नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको हो । प्रतिबन्धित जङ्गली… पुरा पढौ

ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

उदयपुरको ताप्ली गाउँपालिका-४ मा ट्याक्टरले किच्दा पैदल यात्रीको मृत्यु भएको छ । सोमवार राती यारी खोलाबाट थानागाउ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका ५१ बर्षीय होम बहादुर रानालाई ठक्कर दिंदा घाईते भएका रानाको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा राती मृत्यु भएको हो। ट्याक्टर चालक तत्काल फरार रहेकोले ट्याक्टर नियन्त्रणमा लिइ खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पुरा पढौ

कम्प्युटर एसोसिएसन नेपालको अध्यक्ष्यमा नवराज कुँवर

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको तेह्रौं महाधिवेशन तथा २६औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । मंसिर ७ गते सम्पन्न साधारण सभाले नवराज कुँवर नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन गरेको हो । कुँवर प्रतिस्पर्धी सुनैना पाण्डेको भन्दा १२ प्रतिशत बढी ल्याएका छन् । क्यान महासंघको उपाध्यक्षमा रणजितकुमार पोदार, खुसल रेग्मी, रत्नतारा तुलाधर (बैद्य) र रेशम गिरि निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा नारायणबहादुर थापा चुनिए । सचिवमा राजेन्द्रप्रसाद… पुरा पढौ

१ किलो सुनसहित दुई महिला पक्राउ

रसुवा प्रहरीले एक किलो सुनसहित दुई जना महिलालाई पक्राउ गरेको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका ममाया तामाङ र छोमाया तामाङ पकउ परेका हुन्। सोमबार बिहान चीनको केरुङबाट अवैध रूपमा ल्याइएको सुन बरामद गरी महिलामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं