बलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेका कृष्णदास विरुद्ध बिहीबारनै मुद्धा दायर भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

बाबा पक्राउ परे पनि प्रहरीले सार्वजनिक गरिसकेको छैन । स्रोतका अनुसार प्रहरीले उनलाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । बाबालाई जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै पक्राउ गरिएको हो ।

बलात्कार आरोप लगाउने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिइन ।