मोरङबाट लागुऔषधसहित १ युवक पक्राउ

मोरङबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक जनालाई पक्रउ गरेको छ ।

जिल्लाको कानेपोखरी गाँउपालिका–६ का २३ वर्षीय सिमन मगर बुधबारराति पक्राउ परेका हुन्।

चेकजाँचका क्रममा साथबाट लागुऔषध बरामद भएपछि मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

मगरको साथबाट लागुऔाषध नाइट्रोभेट ८ पिस, स्पाजमोल ट्याब्लेट १७ पिस र पृजोल नामक ट्याब्लेट ५ पिस बरामद भएको उनले बताएका छन् ।