ताजा समाचार

मंसिर १४ गते २०७६

आजको राशिफल (२०७६ मंसिर १४ गते शनिबार)

आजको पञ्चांग
आज मिति २०७६ कार्तिक १४ गते शनिबार, इस्वीसंवत नभेम्वर ३० तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको चतुर्थी तिथि साँझमा ७ बजेर २२ मिनेटम्म रहनेछ । आज पूर्वाषाढा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा गण्ड, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा मातंग रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा आज धनु राशिमा रहनेछ । आज दिनमान २६ घटि १३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३७ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ०६ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज स्वास्थ्य राम्रो रहने छैन, विशेष व्यक्तिसंग झगडा हुन सक्नेछ, शरीरमा चोटपटक लाग्न सक्नेछ, मनमा नकारात्मक सोचाई पनि उव्जिनेछ, गरेका कामहरू पनि पूरा नहुने देखिन्छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज सरकारी काममा बाधा आउनेछ, छोराछोरीसंग पनि विवाद हुन सक्नेछ, व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्नेछ, आज खासगरी पूर्व र उत्तर दिशाको यात्रामा सतर्क हुनुपर्नेछ, शत्रु सक्रिय हुने दिन समेत रहेको छ ।

मिथुन : आज मिथुन राशि भएकाहरूका लागि टाढाबाट धन प्राप्तिको योग छ, मानसिक तथा शारीरिक आराम मिल्ने, परिवारका सदस्यको सहयोगमा यसअघिका अधुरा काम आज पूरा हुनेछ, नयाँ ठाउँको अवलोकन भ्रमण हुन सक्नेछ, राजनीतिमा रुचि बढ्नेछ ।

कर्कट : आज कर्कट राशिका लागि शत्रु, विरोधी तथा विपक्षीमाथि विजयी हुने योग छ, आफन्तले सक्रिय सहयोग गर्न सक्नेछन्, धन लाभ, स्वास्थ्य अत्यन्तै राम्रो र सबल रहने, घरमा नयाँ व्यक्तिको आगमन, अध्ययनमा अभिरुचि बढ्ने योग रहेको छ ।

सिंह : आज सिंह राशि भएकाहरूको लागि गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ, यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अवस्था आउन सक्छ, मन अशान्त हुने, पेट रोगले समेत सताउन सक्नेछ, सतर्क भएर अघि बढ्नुहोला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज आफन्तसंग झगडा पर्न सक्ने, काममा विघ्न बाधा आइलाग्ने, पेट तथा कम्मर दुख्ने समस्याले सताउन सक्ने, चिन्तापर्ने खबर सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, दिन खराब छ सतर्क हुनुहोला ।

तुला : तुला राशि भएकाहरूका लागि दिन शुभ छ, सबै प्रकारको काममा सफलता र लाभ हासिल हुन सक्नेछ, नयाँ कामको थालनी पनि आजबाटै गर्दा राम्रो हुनेछ, मनमा सहयोगी भावना पलाउनेछ, धार्मिक काममा पनि सक्रियता बढ्न सक्ने देखिन्छ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज दिन खराब छ, धनमाल हराउन सक्नेछ, स्वास्थ्यमा पनि समस्या आउन सक्नेछ, गरेका कामबाट जस नपाइने योग छ, मानसिक तनावकमा दिन बित्न सक्नेछ, यात्रामा विशेष सावधानी अपनाउदा राम्रो हुनेछ ।

धनु : धनु राशिका लागि आज दिन अत्यन्तै शुभ छ, स्वास्थ्य राम्रो रहनेछ, आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ, नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ, यात्रा सोचेअनुरुपकै सफल हुनेछ, शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने योग देखिन्छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन, आफन्तले नै धोका दिन सक्नेछन्, पेशाबाट तनाव हुन सक्ने, आम्दानी घट्ने, परिवारमा अशान्ति, अनावश्यक खर्च बढ्ने योग देखिन्छ, आफ्नो काम सतर्क भएर गर्नुहोला ।

कुम्भ : कुम्भ राशिका लागि आज समय शुभ छ, सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ, गर्न खोजेका काम अधुरा, आफन्तले कुरा काट्ने, व्यापारमा मन्दी आउने, स्वास्थ्य पनि भरपर्दो नहुने योग देखिन्छ तर धार्मिक कार्यमा सफलता, यात्रा सफल हुनेछ ।

साइत : आज चन्द्रमा धनु राशिमा रहेकाले उत्तर बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज शनिबार पूर्व दिशाको यात्रा गर्नु शुभ मानिंदैन ।

आजको शुभ लाभादि बेला
बिहान ६ः३७ बजेदेखि ८ः०७ बजेसम्म काल बेला
बिहान ८ः०७ बजेदेखि ९ः३७ बजेसम्म शुभ बेला
बिहान ९ः३७ बजेदेखि ११ः०७ बजेसम्म रोग बेला
दिउँसो ११ः०७ बजेदेखि १२ः३७ बजेसम्म उद्धेग बेला
दिउँसो १२ः३७ बजेदेखि २ः०७ बजेसम्म चर बेला
दिउँसो २ः०७ बजेदेखि ३ः३७ बजेसम्म लाभ बेला
दिउँसो ३ः३७ बजेदेखि ५ः०७ बजेसम्म अमृत बेला
दिउँसो ५ः०७ बजेदेखि ६ः३७ बजेसम्म काल बेला

यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)