हराएको बालक स्कुल पोशाकसहित मृत फेला

जुम्लामा हप्ता दिनअघि हराएका ९ वर्षीय बालक मृत फेला परेका छन् ।

पातारासी गाउँपालिका–५ का सुवास बोहोरा बिहीबार चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा स्कुल झोला र पोशाकसँगै मृत अवस्थामा फेला परेका हुन् । हराएका बालकको खोजी कार्य गर्दा जवा नदीमा शव फेला परेको हो ।

उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताएका छन् ।