माइक्रो बस दुर्घटनामा ३ को मृत्यु ७ घाइते

दैलेखमा (माइक्रो बस)हाइस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

शुक्रबार बिहान सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस गुराँस गाउँपालिका–४ घोडाबास नजिकै दुर्घटनाहुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार रानीमत्ता प्रहरी चौकीबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइते उद्धार गरिरहेको छ।

दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।