हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार टिपर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ ।
नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानसँगै यात्रु बोकेर नाम्खाको सल्लीबाट सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको थियो ।
दुर्घटनामा परी अन्य १२ जना घाईते भएका मध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । टिपर चालकले अत्यधिक मदिरा सेवन गरेकोले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा नाम्खा गाउँपालिका–१, हेप्काका छिरिङकर्मा तामाङ, नरी लामा, खार्पुनाथ गाउँपालिका–१ का बबरजङ शाही र सिमकोट गाउँपालिका–६ का बक्त रोकाया रहेका छन् ।






