प्रतिबन्धित लागुऔषधसहित २ युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले बुधबार २ युवकलाई पक्राउ गरेको छ।

जिल्लाको भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित पक्राउ गरेको हो ।

मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ पिस, प्रेमेथिन हाइड्राइड १८ पिस, नोरफिन १९ पिस र नाइट्रोभेट ३० पिस बरामद भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।