बेचिन लागेका २ नेपाली महिलाको उद्धार

भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलालाई माइती नेपालको भारत शाखाले उद्धार गरेको छ ।

विभिन्न प्रलोभन देखाउदै राम्रो काममा लगाइदिने भनी लगेका काभ्रेपलाञ्चोकका २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाका २५ वर्षीया सविना (नाम परिवर्तन)को उद्धार गरिएको हो ।

काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारी ले जानकारी दिएकी छिन् । उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताइन्