समाचार

सिद्धबाबालाई ७ दिन हिरासतमा राख्न आदेश

आफ्नै अनुयायी महिलालाई बलात्कारको आरोप लागेका बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरी सिद्धबाबालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप सात दिन हिसातमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो।पहिलोपटक सोमबार उनलाई चार दिन हिसातमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो। सो अवधिमा अनुसन्धान पूरा नभएपछि अदालतले दोस्रोपटक सात दिनको म्याद दिएकोहो । सुनसरी बाहिरकी एक अनुयायीले कात्तिक ४ गते आफूलाई बराहक्षेत्रस्थित… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा श्रीमती मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलखा माइती गई घर धुलिखेलतर्फ फर्कने क्रममा प्रदेश नं ३–०२–००५प ९७८५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो। दुघर्टनामा परी घाइते भएका मृतकका श्रीमान ५० वर्षीय खुसीमान तामाङको… पुरा पढौ

चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या

भोजपुरमा आफ्नै दाईको हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर अरुण गाउपालिका-६ धाउखानिका १८ बर्षीय डिक बहादुर राई रहेका छन । मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु भाई विच सामान्य बिबाद हुँदा रिशको आवेगमा भाईले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका ४० बर्षीय सुवास राईको बुधवार मृत्यु भएको थियो । पुरा पढौ

कृषिमन्त्री घनश्याम भुषालले कहाँ-कहाँ गर्दैछन् रजनीतिक नियुक्ति ?

२० महिनासम्म पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतका संस्थान, बोर्ड, र समितिका प्रमुखको नियुक्ति गर्न नसकेपछि चक्रपाणी खनाल मन्त्रीबाट पदमुक्त भए । खनाल पदमुक्त भएपछि कृषि मन्त्री भएका नेकपा नेता घनश्याम मन्त्रीले मन्त्रालय अन्तर्गतका संस्थान, बोर्ड र समितिका पदाधिकारीको नियुक्ति प्रक्रिया अगाडि बढाएका छन् । त्यसका लागि उनले बिहीबार रिक्त पदाधिकारी नियुक्तिका लागि सूचना निकालेका छन् ।  कृषि मन्त्रालय अन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडका लागि अध्यक्ष र प्रबन्ध संचालक दुवै… पुरा पढौ

आजको राशिफल (२०७६ मंसिर २० गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक २० गते शुक्रबार, इस्वीसंवत डिसेम्वर ६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको दशमी तिथि रातिमा ३ बजेर २९ मिनेटम्म रहनेछ । आज उत्तराफाल्गुनी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा सिद्ध, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा ध्वज रहनेछ… पुरा पढौ

पाल्पामा जीप दुर्घटनाहुदा २ को मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट खस्दा २ जनाको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा शव देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ । प्रहरी टोली उद्धारमा खटिएकोले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। पुरा पढौ

आफ्नै श्रीमानले आगो लगाएर हत्या गरेको आरोप

डोटी जिल्लाको शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उहाँका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी… पुरा पढौ

मुस्ताङमा भारतीय नागरिकको मृत्यु

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

आजको राशिफल (२०७६ मंसिर १९ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक १९ गते बिहीबार, इस्वीसंवत डिसेम्वर ५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको नवमी तिथि रातिमा ३ बजेर २९ मिनेटम्म रहनेछ । आज पूर्वाफाल्गुनी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा वज्र, करणमा बालब रहनेछ भने आनन्दादि योगमा मुद्गर रहनेछ… पुरा पढौ

लाहुरेको पैसाले चुनाव जित्ने, गोर्खा भर्तीको विरोध गर्ने ?

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राइले कम्युनिस्टहरुले गोर्खा भर्तीको विरोध गर्नु लज्जास्पद भएको बताएका छन । गोर्खा भर्तीबाट अवकाश प्राप्त गरेका लाहुरेबाट पैसा र चन्दा लिएर चुनाव जित्नेले चुनाव जितेपछि यसको विरोध गर्नु लज्जास्पद भएको उनको टिप्पणी छ । बुधबार धरानको भेडेटारमा नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनको आठौ वार्षिक साधारण सभामा मेयर राइले विभिन्न कालखण्डमा परिस्थिति र बाध्यताका कारण हाम्रा पुर्खा गोर्खामा भर्ना हुनुपरेको उल्लेख गरे । त्यस वेलाका सन्धि, सम्झौतालाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं