प्रेस संगठन कस्कीमा माधव संयोजक, सन्देश सहसंयोजक

प्रेस संगठन नेपाल कास्कीमा संयोजक, सहसंयोजक र सदस्यको टुंगो लागेको छ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकता भई बनेको प्रेस संगठन नेपाल कास्कीमा संयोजक, सहसंयोजक सदस्यको टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गरिएको हो ।

जिल्लाले पठाएको समिति प्रदेश कमिटीले अनुमोदन गर्ने प्रावधान छ । दुबै संगठनको बिहीबार भएको संयुक्त बैठकले एकता टुंग्याएको हो । प्रेस संगठन कास्की संयोजकमा साविक प्रेस चौतारी कास्की अध्यक्ष माधव बराल र सहसंयोजकमा प्रेस सेन्टर कास्की कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ छन् । बैठकले ४१ सदस्यीय कमिटीको नामावली प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

सदस्यमा रामजी लम्साल, अर्जुन गिरी, मोतीसागर अधिकारी, राजाराम पौडेल, कृष्णराज आचार्य, दीपक पौडेल, गौरव त्रिपाठी, दुर्गाप्रसाद शर्मा, प्रभु अधिकारी, दीलप्रसाद गुरुङ, खिमाकुमारी गुरुङ, गंगा मरासिनी, सुरेश सुनार, विष्णु सापकोटा, गणेशकुमार श्रेष्ठ, जीवन सुवेदी, कमल सुवेदी, रञ्जन अधिकारी, कञ्चन थापा, जैनव खातुन, तारा चापागाईं र सुमन थापामगर छन् ।

दीपक परियार, घनश्याम, पाण्डे, विश्व सुवेदी, रोशनी गुरुङ, कृष्ण दवाडी, भीम थापा, लक्ष्मी सुनार, उमा आलेमगर, सुशीला क्षेत्री, पुष्प दाहाल, प्रकाश अधिकारी, गीता राना, हेमराज अधिकारी, शोभा बराल, नारायण शाही ठकुरी, बिनु थापा र सिलास केसी छन्