सुनसरीको इटहरी चोकमा आगलागी,करोडौंको क्षती

सुनसरीको इटहरीमा मध्यराति भिषण आगलागी हुँदा करोडौंकोको क्षति भएको छ ।

सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको हो ।

आगलागीको क्षतिको विवरण आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन्। ।

पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । रेष्टुरेण्टबाट लागेको आगो ९ वटा दमकलको सहायतामा साढे तीन घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।