गोरर्खामा लेक लागेर लागेर पर्यटकको मृत्यु

गोरखाको चुमनुब्री गाउँपालिका १ साम्दोमा शनिबार १ जनाको लेक लागेर मृत्यु भएको छ । फ्रान्सेली नागरिकको भारी बोकी गएका गोरखाको धार्चे गाउँपालिका ४ का २७वर्षीय टिसबहादुर गुरुङको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा टोली खटिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जापानीको मृत्यु
मनाङको ङिसाङ गाउँपालिका ६ मा पयटक मृत फेला परेका छन् । शनिबार बिहान हिमालयन सिङगी होटलमा जापानी नागरिक हिसाको कोरी मृत भेटिएकी हुन् । ६७ वर्षीया कोरीको मृत्युको कारण खुलेको छैन ।