ताजा समाचार

मंसिर २० गते २०७६

स्कूल हिँडेकी १० वर्षीय बालिका बलात्कृत

गुल्मीमा १० वर्षीया बालिका स्कूल जाने क्रममा बलात्कृत भएकी छिन् ।

बिहीबार विद्यालय जान हिंडेकी बालिकालाई एक व्यक्तिले आफुले चलाउँदै आएको फर्निचरको गाडीमा राखेर स्कुल पुर्‍याई दिन्छु भन्दै अन्यत्रै लगेर बलात्कार गरी फकाउनका लागि ३० रुपैयाँ दिएको जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी गराएका छन् ।

प्रहरीले बालिकाका बलात्कार गर्ने रुरु क्षेत्र गाउँपालिका(३ लोलङखोलाका गाडी चालक ४१ वर्षीय भोजबहादुर सार्कीलाई बिहीबार पक्राउ गरी आज अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।