सिद्धबाबालाई ७ दिन हिरासतमा राख्न आदेश

आफ्नै अनुयायी महिलालाई बलात्कारको आरोप लागेका बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरी सिद्धबाबालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप सात दिन हिसातमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो।पहिलोपटक सोमबार उनलाई चार दिन हिसातमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो। सो अवधिमा अनुसन्धान पूरा नभएपछि अदालतले दोस्रोपटक सात दिनको म्याद दिएकोहो ।

सुनसरी बाहिरकी एक अनुयायीले कात्तिक ४ गते आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी गत बिहीबार दर्ता गराएपछि प्रहरीले सिद्धबाबालाई विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयू बाट सोमबार नियन्त्रणमा लिएको थियो ।