समाचार

उपभोक्ता हित संरक्षण मञ्च गण्डकीमा सुरेन्द्र थापामगर

उपभोक्ता हित संरक्षण मञ्चको पोखरामा आइतबार भएको भेलाले गण्डकी प्रदेश कमिटी बनाएको छ । कमिटीको अध्यक्षमा सुरेन्द्र थापामगर छन् । सचिव पुण्य पौडेल, कोषाध्यक्ष लक्ष्मण गिरी र सदस्यमा भोला शर्मा, प्रकाशचन्द्र भट्टराई, शान्ति गुरुङ, टोपराज कोइराला, राम शर्मा, प्रेम नेपाली, दीनानाथ बराल र खिमा गुरुङ छन् । भेलामा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले उपभोक्ताको अधिकारलाई राज्यले महत्वपूर्ण अधिकारको रुपमा स्थापित गरेको बर्ता । उनले बजार अनुगमन प्रणालीलाई चुस्त दुरुस्त… पुरा पढौ

‘गुण्डा नाइके’ रमेश बाहुन समूहका सुटर पक्राउ

गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई छन् । उनलाइ व्यावसायीलाई धाकधम्की दिंदै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले कोटेश्वरबाट पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन्। थापाका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् । पुरा पढौ

नुवाकोटमा मिनीट्रक दुर्घटना, २ को मृत्यु ६ घाइते

नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा२क ७९१० नंवरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन। घाइते ६ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् । पुरा पढौ

तातोपानीले नुहाउँदै हुनुहुन्छ ? (यस्ता समस्या हुन सक्छ)

हिउँद सुरु भएसँगै जाडो बढ्ने क्रम पनि बढिरहेको छ । जाडो बढेपछि तातोपानीको प्रयोग पनि बढ्दै जान्छ । विशेषगरी जाडोयाममा तातो पानीमा नुहाउने चलन छ । जाडो मौसममा तातोपानीमा नुहाउँदा आनन्द महसुस त हुन्छ । तर के जाडो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई फाइदा पुग्छ त ? डाक्टरहरुका अनुसार जाडोमा तातोपानीले नुहाउँदा धेरै बेफाइदाहरु हुन सक्छन् । ती के के हुन् त ? सुख्खापन तातोपानीले छालामा सुख्खापन पैदा गराउँछ । छालामा भएको… पुरा पढौ

आजको राशिफल (२०७६ पौष ६ गते आइतबार)

आजको पञ्चांग आज मिति २०७६ पौष ६ गते आइतबार, इस्वीसंवत डिसेम्वर २२ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको एकादशी तिथि अहोरात्र रहनेछ । आज चित्रा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा अतिगण्ड, करणमा भद्रा रहनेछ भने आनन्दादि योगमा लुम्व रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

३ सय वर्ष पुरानो चौतारो र ढुंगेधारो जोगाइयो

पाटन, चौतारी, धाराहरु रहेको पोखराको पुरानो स्वरुप फेरिइसकेको छ । बचेखुचेका चौतारी, पाटनहरु पनि विभिन्न वाहानामा मासिँदै छन् । यस्तो परिवेशमा पोखरा नयाँबजारका बासिन्दाले भने जनस्तरबाटै स्रोत जुटाएर चौतारी र ढुंगेधारा संरक्षण गरेका छन् । २ सय ८१ वर्षका पुरानो चौतारो र ढुंगेधारो स्थानीयले निर्माण गरेका छन् । दमकल मार्गका २ को चौतारो र पुरानो बालधारोलाई ढुंगेधारामा रुपान्तरण गरी संरक्षण गरिएको हो । पोखरा महानगरका मेयर मानबहादुर जिसीले चौतारो र… पुरा पढौ

ड्यापको सभामा पत्रकार हरि सम्मानित

नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारीले उद्योगी, व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्न नसक्ने बताएका छन् । अधिकृत विक्रेता संघ (ड्याप) पोखराको १३ औं साधारणसभा तथा सातौं महाधिवेशन उद्घाटन गर्दै अधिकारीले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले सरकारले व्यवसायीलाई त्रासमा राखेर मुलुक संचालन गरिरहेको भन्दै व्यवसायमिैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । ‘व्यवसायी पहिला गुण्डागर्दी गर्नेसँग डराउनु पथ्र्यो तर अहिले सुरक्षा दिने राज्यसँगै डराउनुपर्ने अवस्था… पुरा पढौ

मापसे गर्ने १ प्रहरी बर्खास्त र १ नियन्त्रणमा

मापसे जाँच गर्ने प्रहरीले नै मापसे गरे के होला ? पोखरामा मापसे गर्ने १ प्रहरी सेवाबाट वर्खास्त भएका छन् भने अर्का १ जनालाई सर्वसाधारणले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पोखरा २९ तालचोकमा ड्युटीमा रहेका प्रहरी हबल्दार भीमबहादुर यादव मादक पदार्थ सेवन गर्दै सवारी चेकजाँच गर्दा सर्वसाधारणले घेरेर प्रहरीलाई बुझाएका हुन् । स्कुटर रोकेर चेकजाँच एवं सोधपुछ गर्ने क्रममा यादवको मुखबाट रक्सीको गन्ध आएको र त्यसपछि नजिकै रहेका स्थानीयलाई खबर… पुरा पढौ

भगवान श्रीकृष्णको हत्या भएकै हो ?

महाभारतको युद्ध पश्चात् भगवान कृष्णले द्वापरयुगमा पापीहरूको अन्त्य गरेका थिए । जतिबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन् त्यो बेला भगवान विष्णु कुनै न कुनै रुपमा अवतरित भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ । यसरी महाभारतको युद्ध गराएर भगवान कृष्णले संसारका पापीहरूको त नास गरे तर असंख्यको रुपमा वृद्धि भएको याद्वपकुल देखेर यसलाई पनि नास गराउने उनको इच्छा थियो । महाभारतको युद्धको कारण कृष्ण भएकोले… पुरा पढौ

ड्यापको अध्यक्षमा पुनः हरिराज पन्त

अधिकृत बिक्रेता संघ (ड्याप) पोखराको अध्यक्षमा युवा व्यवसायी हरिराज पन्त निर्विरोध भएका छन् । पुस ५ गते पोखरामा हुने सातौं महाधिवेशन अन्तर्गत पुस २ गते मनोनयत दर्ता भएको थियो । अध्यक्षमा पन्तको मात्रै उम्मेदवारी परेको हो । अध्यक्षमा पन्त निर्विरोध निर्वाचित भए पनि औपचारिक घोषणा शनिबार महाधिवेशनमा हुनेछ । पन्त वर्तमान अध्यक्ष हुन् । सदस्यहरू पनि निर्विरोध निर्वाचत भएको बताइएको छ । सदस्यमध्येबाट अध्यक्ष बाहक अन्य पदाधिकारी चयन हुने व्यवस्था… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं