उपभोक्ता हित संरक्षण मञ्चको पोखरामा आइतबार भएको भेलाले गण्डकी प्रदेश कमिटी बनाएको छ ।
कमिटीको अध्यक्षमा सुरेन्द्र थापामगर छन् । सचिव पुण्य पौडेल, कोषाध्यक्ष लक्ष्मण गिरी र सदस्यमा भोला शर्मा, प्रकाशचन्द्र भट्टराई, शान्ति गुरुङ, टोपराज कोइराला, राम शर्मा, प्रेम नेपाली, दीनानाथ बराल र खिमा गुरुङ छन् ।
भेलामा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले उपभोक्ताको अधिकारलाई राज्यले महत्वपूर्ण अधिकारको रुपमा स्थापित गरेको बर्ता । उनले बजार अनुगमन प्रणालीलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन गण्डकी प्रदेशले ध्यान दिएको बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यमप्रसाद पोखरेलले प्रदेश सरकारले उपभोक्ताहित संरक्षण नियमावली बनाएको उल्लेख गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बजार अनुगमनको धेरै जिम्मेवारी स्थानीय सरकारका सरेकाले स्थानीय सरकारहरुले यसको निर्वाह गर्नुपर्ने जनाए । उपभोक्ता हित संरक्षण मञ्च अध्यक्ष ज्योति बानियाले वस्तु र सेवा दिने पक्ष सधै जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै उपभोक्ताको अधिकार संवेदनशील र महत्वपूर्ण सवाल भएको जनाए ।
कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्चका उपाध्यक्षहरु गणेश सापकोटा र सुवर्णप्रभा गुरागार्इं, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।






