एम्बुलेन्स दुर्घटना हुदा १ को मृत्यु ४ घाइते

सुनसरीमा एम्बुलेन्स दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएकाछन् ।

सोमबार बिहान पश्चिम तर्फ जादै गरेको ना।७ ख।३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स।१ च।४९६ नम्बरको एम्बुलेन्सले भोक्राहा नरसिंह(५ स्थित पुर्व पश्चिम राजमार्गमा पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवार ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

एम्बुलेन्स चालक सहित चार जना घाईते मध्ये तिन जनाको नोबेल अस्पताल बिराटनगर र चालकको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको प्रहरीले प्रहरीले जनाएको छ ।