ताजा समाचार

पौष ७ गते २०७६

पोखरामा क्यान इन्फोटेकको तयारी उपसमितिहरु गठन

क्यान महासङ्घ कास्कीले क्यान इन्फोटेक (सूचना प्रविधि मेला)को तयारी सुरु गरेको छ । वर्षेनी आयोजना हुँदै आएको इन्फोटेकलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा इन्फोटेक हुने क्यान कास्कीका अध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । सूचना तथा प्रविधिका क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई इन्फोटेकमा प्रदर्शन गरिने भण्डारीले बताए । ‘सूचना तथा प्रविधिका क्षेत्रमा चासो हुनेहरुका लागि इन्फोटेक महत्वपूर्ण अवसर बन्नेछ,’ उनले भने ।

यसै क्रममा क्यान महासङ्घ कास्कीका अध्यक्ष विश्वास भण्डारीको संयोजकत्वमा विभिन्न उपसमिति गठन भएका छन् । मुल्यांकन तथा अनुगमनमा इविन्द्रराज तिवारी, संघसंस्था समन्वयनमा जगनबहादुर गुरुङ, आइसिटी कन्फेरेन्स व्यवस्थापनमा राजेन्द्र शर्मा, अतिथि सत्कारमा गुणानिधि पाण्डे, जिल्ला क्यान समन्वयमा चिन्तामणि बास्तोला, प्रायोजकमा आशिष गुरुङ, उद्घाटन तथा समापनमा चण्डिप्रसाद अर्याल संयोजक चयन भएका छन् ।

प्रचारप्रसारमा सेवक क्षीतिज, अर्थ व्यवस्थापनमा विश्वकुमार प्रधान, सचिवालयमा महेन्द्र भुर्तेल, बिजुली व्यवस्थापनमा दामोदर डुम्रे, स्टल निर्माणमा युवराज पौडेल, छपाई व्यवस्थापन तथा स्थानीय प्रायोजक व्यवस्थापनमा विकास भुर्तेल, इन्स्योरेन्स तथा सेकुरिटीमा मात्रिका पोखरेल, आइसिटी म्युजियम व्यवस्थापनमा पुरुषोत्तोम कुवँर, मायाको चिनोमा चन्द्रमणि गौतम, अतिरिक्त क्रियाकलपमा दीपकराज गिरी, टिकट व्यवस्थापनमा सुरेश सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

जिल्ला स्तरीय टाइपिङ कम्पिटिशन व्यवस्थापनमा दीनेश लामिछाने, कम्प्युटर मर्मत व्यवस्थापनमा कुन्दन मल्लिक, स्कूल स्तरीय हाजिरजबाफ प्रतियोगितामा ईश्वरराज चालिसे, स्वागत व्यवस्थापनमा सवि शेरचन, स्वास्थ्य व्यवस्थापनमा सुनिल पाण्डे, आइसिटी वक्तृत्व प्रतियोगितामा रुदनाथ न्यौपानेलाई संयोजक चयन गरिएको प्रचारप्रसार संयोजक सेवक क्षीतिजले जानकारी दिए ।