समाचार

पोखरामा अन्तर्राष्ट्रिय भलिबल गर्दै डिस्ट्रिक्ट ३२५ एम

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको आयोजनामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप २०८२ हुने भएको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी आगामी वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरामा भलिबल च्याम्पियनसिप हुने जानकारी दिइएको हो । संस्थाको स्थापना अन्तरराष्ट्रिय स्तरमा एक सय सात वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको उपलक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्धन गर्ने उद्देश्यले भलिबल च्याम्पियनसिप आयोजना गर्न लागिएको डिस्ट्रिक्ट गभर्नर… पुरा पढौ

हेमजामा चैत २४ बाट आलु महोत्सव

यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ। आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि… पुरा पढौ

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । ्उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् । प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए । प्रहरीले आन्दोलनको अघिल्लो दिन केही व्यक्तिमाझ दुर्गा प्रसाईले आन्दोलनमा दमन गर्ने अवस्था ल्याउँने र एक दुई जना मान्छे मरेपछि नेताहरुका घर… पुरा पढौ

राजावादीको विज्ञप्तिः अब गणतन्त्र कागजमा मात्र

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले आजबाट देश संक्रमणकालमा प्रवेश गरेको जनाएको छ । समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको भन्दै गणतन्त्र कागजमा मात्रै सीमित रहेको जनाएको हो । पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने समेत समितिले चेतावनी दिएको छ । ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ… पुरा पढौ

रेन्बोका ९२ विद्यार्थी दीक्षित

पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविले युकेजीका ९२ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयले बिहीबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई दीक्षित गरेको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुली, प्राचार्य बाबुराम बराल, संस्थापकद्वय खेमनारायण ढकाल र कृष्णप्रसाद ढकालले विद्यार्थीलाई दीक्षित गरेका हुन् । कार्यक्रममा अध्यक्ष पराजुलीले सिक्ने र सिकाउने थलो विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेको बताए । प्राचार्य बरालले विद्यालयको समग्र… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय भलिबल आयाेजना गर्दै लायन्स डिष्ट्रिक्ट ३२५ एम

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा रंगशालामा आगामी बैशाख १८ देखि २२ गतेसम्म लिग कम नकआउट फर्म्याटमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल निर्माण सम्पन्न भएको लामो समय पछि अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गर्भनर चण्डीप्रसाद अर्यालले लायन्स अन्तर्राष्ट्रियस्तरमा १ सय ७ औं र… पुरा पढौ

पोखरा १७ मा २२५ को आँखा जाँच

नेपाल नेत्रज्योति संघको ४७ औं वार्षिक स्थापना दिवसको अवसरमा बुधबार पोखरा–१७ मा ज्येष्ठ नागरिकको सित्तैमा आँखा जाँच गरिएको छ । शिविरमा २ सय २५ जनाको आँखा परीक्षण गरिएकोमा ६ जनालाई मोतिविन्दुको शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल रिफर गरिएको छ । उनीहरुको अस्पतालमा सित्तैमा शल्यक्रिया हुनेछ । शिविरमा एक सय ५० जनालाई आवश्यक चश्मा वितरण गरिएको थियो भने बाँकी केहीलाई चश्मा र औषधी दुवै सित्तैमा प्रदान गरिएको थियो । पोखरा महानगरपालिका… पुरा पढौ

डेन्टल हाइजिनिस्टले मागे अधिकार

नेपालमा कार्यरत डेन्टल हाइजिनिस्टहरुले कानुनले प्रत्याभूति गरेका अधिकार राज्यले ग्यारेन्टी नगरेको भन्दै त्यसलाई बदल्न माग गरेका छन् । बिहीबार मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसनले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय ओरल हेल्थ समिटका वक्ताहरुले यस्तो बताएका हुन् । एसोसियसन नेपालका डेन्टल हाइजिनिस्टहरुको छाता संगठन हो । संगठनले बिहीबार मार्च २० अर्थात् विश्व मुख स्वास्थय दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार पोखरामा आयोजना गरेको हो । नेपालभर एक हजार चार सयभन्दा… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा एकल महिला लक्षित परियोजना निरन्तर

कास्कीको अन्नपूर्ण गाउँपालिका मानवअधिकारका लागि महिला (डब्लुएचआर) एकल महिला समूह कास्कीको परियोजना निरन्तर हुने भएको छ । कुर्भे वुष्टोको सहयोगमा सञ्चालित परियोजना आगामी ३ वर्षका लागि थप भएको हो । डब्लुएचआर कास्कीले बुधबार अन्नपूर्णमा परियोजना वार्षिक कार्यक्रमको परिचयात्मक कार्यशाला आयोजना गरेको छ । कार्यक्रममा डब्लुएचआर कास्की अध्यक्ष जूना केसीले पौने ११ लाख बजेटबाट वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । उनले ८७ प्रतिशत एकल महिला अशिक्षित देखिएको उल्लेख गर्दै… पुरा पढौ

पोखरा महानगरका अधिकृत कपिल गिरी पक्राउ

पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गिरीलाई बिहीबार दिउँसो न्युरोडबाट नियन्त्रणमा लिएको हो । अख्तियारमा पोखरा महानगरविरुद्ध परेका उजुरी फस्यौटको जिम्मा सम्हाल्नुभएका गिरीलाई नगद २५ हजारसहित पक्राउ गरिएको अख्तियार पोखराका उपसचिव राकेश पाण्डेले बताए ।  “तपाईविरुद्ध अख्तियारमा उजुरी पारेको छ, मिलाइदिन्छु भनी कृत्रिम उजुरी खडा गरी रकम लिएको देखिएको छ,” पाण्डेले भने । गिरीले एक लाख माग गरेको र अहिले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं