समाचार

७ सय शिक्षकलाई प्याब्सन कास्कीको तालिम

प्याब्सन कास्कीको आयोजनामा पाँच विषय अध्यापन गर्ने करिब सात सय शिक्षकलाई तालिम दिइएको छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको आधारभूत तह कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने प्याब्सन आवद्ध संस्थागत विद्यालयका शिक्षकलाई विभिन्न समूहमा बाँडेर तालिम दिइएको हो । पाठ्यक्रम विकास केन्द्र, काठमाडौँ विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतका विषय विज्ञको सहयोग तथा सहजीकरणमा तालिम सञ्चालन गरिएको छ । अंग्रेजी विषयको तालिमको संयोजन अच्युत पाण्डे, नेपाली विषयको… पुरा पढौ

ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली अहिले सोही सहकारी ठगीको मुद्दामा जिल्ला अदालत बागलुङको आदेशानुसार त्यहाँको कारागारमा हुनुहुन्छ । पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी सञ्चालन गर्नुभएका नेपाली बागलुङको सहकारी ठगी अभियोगमा जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । कास्कीको इमेज… पुरा पढौ

मुक्तक मञ्च कास्कीमा दामोदर

मुक्तक मञ्च कास्की शाखाको दोस्रो अधिवेशनले दामोदर सञ्जेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्ष माधव सुवेदी, सचिव अञ्जना वाग्ले, कोषाध्यक्ष समीर पौडेल, सहसचिव सिचु सारुमगर निर्वाचित भए । सदस्य पूजना बुढा क्षेत्री, विशाल ओझा, श्रीकृष्ण भण्डारी, दुर्गा पोखरेल छन् । कार्यक्रममा कवि रमेश श्रेष्ठले मुक्तक साहित्यको छोटो, गम्भीर र लोकप्रिय विधा भएकाले सबैको रोजाईमा पर्ने गरेको बताए । मञ्च कास्की शाखा अध्यक्ष… पुरा पढौ

व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइन सेवा डटकम

व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ । पोखरामा आज पत्रकार सम्मेलन गर्दै अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई डिजिटल युगतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुुभयो । पोखरामा स्थायी घर भई हाल अमेरिका बसोवास गर्दै आउनुुभएका अधिकारीले नेपाली सेवा र उत्पादनलाई अनलाइनको माध्यमबाट स्वदेश एवम् विश्व बजारमा पु¥याउनका… पुरा पढौ

पोखरामा सिआइसी एजुकेसन हबको शाखा

शैक्षिक परापर्शदाताका रुपमा राष्ट्रिय स्तरमा काम गरिरहेको सिआइसी एजुकेसन हबले पोखरा शाखा सञचालन गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पोखरा र आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी शाखा स्थापना गरिएको हो । वैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थीलाई लक्षीत गरी क्यारियर काउन्सेलिङ, भिषा आवेदन, भाषा शिक्षण तथा भिषा आवेदनसम्बन्धी गरिने दस्तावेजीकरण सेवा दिइने सिआइसीका निर्देशक राजेश अधिकारीले जानकारी दिए । क्यानडा, अमेरिका, अष्ट्रेलिया, युके, न्युजल्यान्ड लगायतका देशमा उच्च शिक्षा अध्यायनका लागि… पुरा पढौ

कास्कीका नेपाली शिक्षकलाई भाषा शिक्षण सिकाइयो

विद्यार्थी र शिक्षक केन्द्रित विभिन्न कार्यक्रम गर्दै आएको नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालले विद्यालय तहका शिक्षकलाई नेपाली भाषा शिक्षण तालिम दिएको छ । आफ्नो नियमित कार्यक्रम अन्तर्गत परिषद्ले आयोजना गरेको कार्यक्रमामा २ सय शिक्षक सहभागी थिए । शिक्षकहरुलाई प्राडा रामनाथ ओझा, माधवशरण उपाध्याय, उप प्राडा बोधराज ढकाल, लोकचन्द्र खनाल, डोलराज अर्याल र डिल्लीराम अर्यालले शिक्षण सीप सिकाएका छन् । संस्थाका अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालय… पुरा पढौ

नेसपा (नयाँ शक्ति) पोखरा अध्यक्षमा तिलक

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पोखरा महानगर अध्यक्षमा तिलकप्रसाद तिवारी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको प्रथम अधिवेशनबाट तिवारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा सरिता क्षेत्री र भगवान पहारी, सचिव विशाल तिमिल्सिना, सहसचिव डा लक्ष्मण तिमिल्सिना र कोषाध्यक्षमा भुवानी भुगाईं छन् । गोरखाको नारेश्वरमा जन्मेका अध्यक्ष तिवारीले साढे २ दशकदेखि पोखरामा छन् । रेशम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्यसमेत रहेका… पुरा पढौ

फेवातालमा फसेका ७ जनाको उद्धार

बिहिबार कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको छ । बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिदा भारत घर बताउने २५ वर्षिय सोनु बर्मा, २२ वर्षिया नेहा शेखावत, २१ वर्षिय अरुण चौधरी, २४ वर्षिय पुनम चौधरी, २५ वर्षिय प्रविण दिक्षित, २४ वर्षिय श्याम प्रजापति र… पुरा पढौ

वडाध्यक्ष पराजुलीविरुद्ध जिप्रकामा जाहेरी दर्ता, महानगरको काम ठप्प

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको छ । जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले मङ्गलबार जाहेरी परेको र बुधबार दर्तापछि अनुसन्धान जारी रहेको जानकारी दिए । वडाध्यक्ष पराजुलीले सर्वेश्वर मार्गका व्यवसायी लेखनाथ सुवेदीमाथि हातपात गरेपछि सुवेदीले प्रहरीमा जाहेरी दिएका हुन् । मङ्गलबारै पौने १२ बजेतिर पराजुलीले महानगरका अधिकृतमाथि हातपात गरेपछि बुधबारबाट महानगरको कामकाज ठप्प भएको छ । प्रशासन महाशाखाका अधिकृत… पुरा पढौ

पृथ्वी खनालको नयाँ गीत बजारमा

गायक पृथ्वी खनाल भ्वाइस अफ नेपाल २ बाट चर्चा बटुल्न सफल गायक हुन् । फरक शैलीमा विभिन्न गीतमार्फत उनले पहिचान बनाएका छन् । सशस्त्र प्रहरी बलका निरीक्षकसमेत रहेका खनालको ‘मन सानो’ गीत सार्वजनिक भएको छ । पृथ्वीकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन साहस शाक्यको छ । गीतमा भ्वाइस अफ नेपाल ६ का सेमिफाइनलिस्ट ईन्द्रकला राई र दृष्टिविहीन प्रतिभा विकास थारुको आवाज छ । म्युजिक भिडियोको निर्देशन लोकेन्द्र सुब्बाले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं