चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ छन् ।

आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनीमा पछिल्ला केही वर्षयता चितुवा आतङ्क बढेको छ ।

यसैबीच, तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।