७ सय शिक्षकलाई प्याब्सन कास्कीको तालिम

प्याब्सन कास्कीको आयोजनामा पाँच विषय अध्यापन गर्ने करिब सात सय शिक्षकलाई तालिम दिइएको छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको आधारभूत तह कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने प्याब्सन आवद्ध संस्थागत विद्यालयका शिक्षकलाई विभिन्न समूहमा बाँडेर तालिम दिइएको हो । पाठ्यक्रम विकास केन्द्र, काठमाडौँ विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतका विषय विज्ञको सहयोग तथा सहजीकरणमा तालिम सञ्चालन गरिएको छ ।

अंग्रेजी विषयको तालिमको संयोजन अच्युत पाण्डे, नेपाली विषयको संयोजन डिल्लीराम अर्याल, गणित विषयको संयोजन खिम गुरुङ, विज्ञान विषयको संयोजन पुषपराज पौडेल र सामाजिक विषयको संयोजन गोविन्द काफ्ले गरेका छन् ।

तालिम प्रभावकारी रूपमा विशिष्टीकरण तालिका तथा पाठयक्रमको उद्देश्यअनुरूप ज्ञान, बोध, सीपका साथै उच्च दक्षता मापन गर्ने हिसाबले सञ्चालन गरिएको हो । तालिमले शिक्षकलाई प्रभावकारी शिक्षण, आन्तरिक तथा वाह्य मूल्यांकनलाई प्रभावकारी बनाउादै पेसागत दक्षता अभिवृद्धि गर्न सघाउने प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमले बताए ।