समाचार

समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति चाहिन्छ

नियमित पाठ्यक्रमबाहेक विद्यार्थीहरूमा अन्य पुस्तक पढ्ने अभ्यान निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले जोड दिएका छन् । फेस्टिभलको ‘विद्यालयमा पठन संस्कृति’ शुक्रबार सत्रमा बाल साहित्यकार सुरज उपाध्यायसँगको कुराकानीमा प्याब्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले पाठ्यपुस्तकको निर्दिष्ट गन्तव्य हुने भएकाले समाज बुझ्न अन्य पुस्तक पढाउन आवश्यक रहेको बताए । ‘हामी हुर्किरहेका… पुरा पढौ

भीमको ‘सम्झनाको सेरोफेरो’को शल्यक्रिया

प्रगतिशील साहित्यकार भीम रानाभाटको ‘सम्झनाको सेरोफेरो’ संस्मरणात्मक कृतिमाथि बुधबार परिचर्चा गरिएको छ । गण्डकी साहित्य संगमले प्रकाशन गरेको कृति केही महिनाअघि सार्वजनिक भएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा कृष्णराज अधिकारीले रानाभाटको सरल व्यक्तित्व जस्तै संस्मरणमा समाजको यथार्थलाई इमानदारीपूर्वक लेखन गरेको बताए । साहित्यकार रुपिन्द्रप्रभावी कटु र लोकबहादुर थापामगरले सम्झनाको सेरोफेरोमाथि टिप्पणी गरे । उनीहरुले १९ वटा जीवन, जगतसँग सम्बन्धित संस्मरणले कृतिलाई गहन बनाएको धारणा राखे । रामराज… पुरा पढौ

पोखरा थियटरमा मन रुवाउने ‘मुनामदन’

पोखरामा नाटक ‘मुनामदन’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक फागुन ९ गते शुक्रबारबाट पोखरा गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको हो । फागुन २४ गतेसम्म मञ्चन हुने नाटकमा मुना र मदनको अमर प्रेमलाई दर्शाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको मुनामदन खण्डकाव्यमा आधारित यो नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका छन् । नाटकमा परिवर्तन, कृष्टि गुरुङ, प्रमिला तुलाचन, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, रञ्जु दाहाल, प्रकाश… पुरा पढौ

पोखरा नर्सिङ क्याम्पसको वार्षिकोत्सव

पोखरा नर्सिङ क्याम्पस पोखराको ४२ औं वार्षिकोत्सव समारोह मंगलबार भएको छ । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख प्राध्यापक भगवती केसीले नर्सिङ जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पोखरा नर्सिङ क्याम्पस सफलताको शुभकामना दिइन् । उनले क्याम्पसले अब अध्ययन अध्यापनसँगै अनुसन्धानतर्फ पनि जोड दिनुपर्ने सुझाइन् । क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले पोखरा नर्सिङमा नियमित रुपमा सञ्चालन भइरहेका शैक्षिक, प्रशासनिक कार्यक्रमका साथसाथै विद्यार्थीको ज्ञान, सीप र गुणस्तर वृद्धि हुने खालका नयाँ कार्यक्रम… पुरा पढौ

युआरएल हेल्थ केयरमा अपोलोका सेवा, १७ गते शिविर

युआरएल हेल्थ केयर प्रालि पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ । भारतको सर्वाेत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि ठूलो संख्यामा नेपाली उपचारका लागि जाने गरेका छन् । नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ… पुरा पढौ

इन्स्पेक्टर सन्तोषी आत्महत्या प्रकरणमा अर्का इन्स्पेक्टर जोशी पक्राउ

सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरी निरीक्षक सन्तोषी महतको मृत्युपछि सशस्त्रकै प्रहरी निरीक्षक विवेक जोशी पक्राउ पर्नुभएको छ । महतको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा आइतबार किटानी जाहेरी दिएपछि सोमबार बेलुका जोशीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जोशीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । महतको शव आइतबार ब्यारेकको महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा भेटिएको थियो । महत पोखराको हुल तथा दङ्गा… पुरा पढौ

कांग्रेस एमाले गठबन्धन गरुन्, हामी एक्लै जनतामा जान्छौँः प्रचण्ड

फागुन १०, पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो। भेलामा प्रचण्डले भन्नुभयो, ''संविधान निर्माणको बेला नै हामीले केही 'रिजर्भेसन' राखेका छौँ। संविधान संशाेधन नै गर्ने हो भने हामी तयार छौँ।… पुरा पढौ

सबै शास्त्रको उत्पति उमा र महेश्वरबाटः डा जगमान

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले सम्पूर्ण शास्त्रको उद्भव उमा र महेश्वरबाट भएको बताएका छन् । उनले कलियुगमा देवीदेवता सबै नेपालका हिमालमा बस्दै आएको समेत जनाए । नेपाल ज्योतिष परिषद् कास्कीद्वारा पूर्वीय वाङ्मय शास्त्रार्थको नियमित नवौं शृङ्खलामा उनले सो कुरा बताएका हुन् । 'नेपाल भनेको हिमालयको देश हो । नेपाल र हिमाल पर्यायवाची हुन् । नेपालको प्रमाणिक समय गौरीशंकर हिमाल हो । गौरीशंकर हिमालमा बसेर भगवान् शिवले शास्त्रलाई निर्देशित… पुरा पढौ

नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति

नेपालका नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको समाज 'सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल'मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष र महासचिव निर्विरोध चयन भए भने अन्य पदमा भने निर्वाचन भएको थियो। अध्यक्षमा डा रविन्द्र प्रधानाङ्ग उपाध्यक्षमा डा योगेश न्यौपाने र महासचिवमा डा दिपेश शाक्य निर्विरोध निर्वाचित भएका छन्। सह सचिवमा डा जिज्ञासा थापा ५४ मत ल्याउने विजयी भएकी छिन् भने उनकी प्रतिस्पर्धी डा… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषदमा सूर्यको नेतृत्वमा नयाँ समिति

नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको १५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले सूर्यप्रसाद लम्सालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा विक्रम पौडेल, उपाध्यक्ष इन्दिरा सापकोटा, महासचिव शिवहरि सुवेदी, सचिव शशिशिशिर ढुंगाना र कोषाध्यक्ष हरिप्रसाद ढुंगाना निर्वाचित भएका छन् । सदस्यमा प्रेमनारायण ढकाल, पोष्टराज सुवेदी, भावना लामिछाने, ध्रुववन्धु रिजाल, होमनाथ भट्टराई, अमृत पौडेल, झलकनाथ आचार्य, रत्नाकुमारी विश्वकर्मा र सावित्री पहारी भट्टराई छन् । संस्थाका सल्लाहकार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं